बलिउडका चर्चित अभिनेता दीलिप कुमारको आज विहान निधन भएको छ । ९८ वर्षको उमेरमा हिन्दूजा अस्पतालमा उहाँकहो
निधन भएको हो । उहाँ पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्पताल भर्ना गरिएको थियो ।
हिन्दूजा अस्पतालका डाक्टर जलील पालकरले आज बिहान साढे सात बजे निधन भएको पुष्टि गनुृभएको छ ।
पछिल्लो समय उहाँ गम्भीर विरामी हुनुहुन्थ्यो । एक महिनाको बीचमा उहाँलाई दुईपल्ट अस्पताल भर्ना गर्नुपरेको थियो । उहाँको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीलगायतले नेताहरुले शोक व्यक्त गर्नुभएको छ ।
हाल पाकिस्तानमा पर्ने पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा जन्मिनु भएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उहाँले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उहाँले सन् १९४४ मा रिलिज भएको ज्वारभाटा नामक चलचित्रमा उहाँको पहिलो फिल्म हो ।
पाँच दशकको चलिचित्र करिअरमा उहाँले झण्डै पाँच दर्जन चलचित्रमा अभिनय गर्नुभयो । उहाँले अभिनय गरेका शहीद, मेला, बाबुल, फुटपाथ, देवदास, मुगल ए आजम, गंगा जमुना लगायतका चलचित्र हिट भएका थिए ।


तपाईको प्रतिक्रिया