Khadya Bibhag

ओलीले चाहनु हुन्न आफ्नो शक्ति बाँडफाँड गर्न

काठमाडौँ असार २४ गते । नेकपा एमालेको आन्तरिक विवाद लिएर पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेता माधवकुमार नेपाल पक्षबीच केही दिनदेखि नियमित छलफल भइरहेको छ तर निष्कर्ष निस्कन सकिरहेको छैन । आज पनि सिंहदरवारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बसेको थियो तर विना निष्कर्ष टुगिंएको हो । भोली पुनः बस्ने घनश्याम भुसालले बताउनु भएको छ ।

एमालेको १८ र १९ गते बसेको केन्द्रीय समितिको बैठकपछि माधवकुमार नेपाल पक्षसँग निमित वार्ता भइरहेको छ । कहिले समिट होटेल त कहिले बालुवाटार त कहिले सिंहदरवार त कहिले मेरियट होटेलमा वार्ता र छलफल हुने गरेको छ ।

त्यतिले नपुगेपछि प्रधानमन्त्री अ‍ोलीले आफ्ना पक्षका नेताहरुलाई माधवकुमार नेपालको निवास कोटेश्वरमा पनि पठाएर वार्ता गराउने गर्नुभएको छ । तर हालसम्म हातलागि शुन्य भएको छ । कुरा मिल्यो मिल्यो भन्छ तर अन्तिममा केही निष्कर्ष निस्केर भोली फेरी बस्छौं भनि नेताहरुको बैठकस्थलबाट बाहिरिने गर्नुभएको छ ।

हिजो मेरियट होटेलमा बसेको बैठकले सकारात्मक सन्देश दिएको थियो । आज सम्झौतापत्रमा हस्ताक्षर नै हुने चर्चा सञ्चारमाध्यममा भएको थियो । कार्यदलहरुको सदस्यहरु पनि त्यसरी नै होसिएका थिए । तर अन्तिममा केही कुरा मिलेन । मोरियट होटलमा प्रधानमन्त्री अ‍ोली र माधवकुमार नेपालवीच वान टु वान वार्ता भएको थियो तर उहाँहरुको बीच भएको वार्ताले पनि केही कुरा मिलेन ।

माधवकुमार नेपाल पक्षका एक नेताले भन्नुभयो, ओलीले माधवकुमार नेपाललाई अल्झाएर सर्वोच्च अदालतको निर्णयलाई प्रभावित गर्न खोज्नु भएको छ, प्रधानमन्त्री नियुक्ति तथा संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ त्यसलाई प्रभावित पार्नका लागि उहाँले यो खेल खलिरहनु भएको छ ।’ यदि सर्वोच्च अदालतमा मुद्दा नभएको भए ओलीले माधवकुमार नेपाल पक्षलाई पेलेर अगाडी बढ्नु हुन्थ्यो तर काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनि माधवकुमार नेपाल पक्षका सांसदले पनि हस्ताक्षर गर्नुभएको त्यसलाई फिर्ता लिनका लागि प्रधानमन्त्री अ‍ोलीको प्रयास रहेको उहाँले बताउनुभयो ।

माधवकुमार नेपालले संसदका हस्ताक्षर फिर्ता गराउन सकारात्मक भएपछि अन्य कुरामा अ‍ोली सकारात्मक हुनुभएको छैन । माधवकुमार नेपालले पार्टीमा दुवैजनाको बारबरको शक्ति हुनुपर्छ । जे निर्णय गर्दा पनि सामूहिक अर्थात दुईजनाको सहमतिमा हुनुपर्छ । हरेक निर्णयमा दुवैजनाको हस्ताक्षर हुनुपर्छ भनि प्रस्ताव माधवकुमार नेपालको रहेको छ तर ओलीले त्यो कुरा मान्न तयार हुनुभएको छैन । ओलीले आफूसँग भएको शक्ति कसैलाई दिन चाहनु भएको छैन । सरकार पनि एकलौटी चलाउने, पार्टी पनि एकलौटी चलाउन चाहनु भएको छ । बरु एमालेलाई जेठ २ को अवस्थामा पुर्याउने तर आफूसँग भएको शक्ति कसैसँग बाँडफाँड नगर्ने भन्दै आउनु भएको छ ।

उहाँले यही शक्तिको लडाईका कारण नेकपा विभाजन भएको हो, पार्टी र सरकार एकल नेतृत्वबाट मात्र चलाउनुपर्छ, दुई अध्यक्ष प्रणाली तथा जिम्मेवारी बाँडफाँडले पार्टी नचलेको थुप्रै उदाहरण छ त्यसैले पार्टीको विधानमा जे कुरा उल्लेख छ त्यही अनुसार अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै आउनु भएको छ तर माधवकुमार नेपालले पार्टीमा आफू एउटा छुट्टै शक्ति भएकाले सोही अनुसारको जिम्मेवारी र भूमिका हुनुपर्ने अडानमा हुनुहुन्छ तर अ‍ोली त्यो कुरा मान्न तयार हुनुभएको छैन ।

अहिले अ‍ोलीलाई अदालतको गर्जो टार्नु छ त्यही भएर जसरी पनि हस्ताक्षर फिर्ता गराएर पार्टीमा फर्काउने त्यसपछि पार्टीमा हुने हरेक गतिविधिमा माधवकुमार नेपाल पक्षका नेताहरुलाई हेप्ने, जिम्मेवारी नदिने काम गर्न सक्ने आशंका छ । चुनाव आउन लागेको छ, टिकट बाँडफाँड हुँदा आफ्नो पक्षलाई टिकटमा भेदभाव गर्न सक्छ कि भने पनि आशंका गरेर चुनावमा बाँड्ने टिकटमा दुवैजनाको हस्ताक्षर हुनुपर्ने माधवकुमार नेपालको दावी रहेको छ । तर ओलीले त्यो कुरा मान्न तयार हुनुभएको छै ।

तपाईको प्रतिक्रिया