Khadya Bibhag

उपेन्द्र यादव पक्षका जसपा नेता बाबुरामको दाहोरो चरित्र

काठमाडौँ असार २४ गते । जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्राईले नै भाँडभैलो मचाएका आरोप लगाइएको छ । उहाँले पार्टीमा निर्णय गर्ने ठाउँमा कुनै अडान नलिने तर बाहिर बाहिर आदर्शको कुरा गर्दै हिडेको भनि आरोप लाग्न थालेको छ ।

सबभन्दा सुरुमा उहाँले नै भेडा, भेडातिर, बाख्रा, बाख्रातिर जाउ भनि ट्वीट गर्नुभएको थियो, त्यसले गर्दा उहाँ निकै विवादमा पनि पर्नुभएको थियो । अहिले जसपा नेपालमा औपचारिक रुपमा विभाजन जाने भनि निर्णय गरिसकेपछि उहाँले एकताका लागि जोड दिन थाल्नु भएको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष समेत रहनु भएका डा.बाबुराम भट्टराईमाथि लागेको दाहोरो चरित्र बुझ्न धेरै टाढा जानु पर्दैन । निर्वाचन आयोगमा जसपासँग भएको छलफलकै दिन उहाँले ट्वीट गर्दै भनेका थिए, पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न । तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ । मुख्य कुरो कहाँ पुग्ने (लक्ष्य) र कुन बाटो जाने (कार्यदिशा) भन्ने हो । पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कते पनि पुगिन्न । बरु पूर्व जाने एकातिर र पश्चिम जाने अर्कोतिर हुँदा राम्रो ।’

अर्थात उहाँले पुरानो कुरा भेडा भेडातिर र बाख्रा बाख्रातिर जाने कुरा पुनः दोहार्याउनु भएको छ तर त्यसको भोली पल्ट अर्को ट््वीट गर्नुभएको छ, त्यसमा उहाँले लेख्नु भएको छ, जसपा हिमाल–पहाड तराईका प्रमुख जातीय क्लस्टरहरु मधेशी–थारु, आदिवसाी जनजाति र खस–आर्य तथा महिला, दलित आदिवासी जनजाति र खस–आर्य तथा महिला, दलित आदि समूहको समानुपातिक समावेशी प्रतिनिधित्व भएको समुन्नत संघीय समाजवादमा आधारित वैकल्पिक राजनीतिक दल हो । यी आदर्शमा दृढ रहदै दलको एकता कायम राखौं । वैकल्पिक शक्ति निर्माण अभियान सफल पारै ।’

निर्वाचन आयोगमा भेला भएर दुवै पक्षले हस्ताक्षर गरिसके कि हामी एक ठाउँमा बस्न सक्दैनौ तर उहाँले समाजिक सञ्जालमा आदर्शको कुरा गरेर जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको आरोप पार्टीभित्र लाग्न थालेको छ ।

यो न्युज पनि पढ्नुहोस्

बाबुरामलाई कारवाही गर्ने आँट किन गर्नुभएन महन्थ ठाकुरले ?

तपाईको प्रतिक्रिया