महन्थ ठाकुरलाई अर्को झटकाः राजपा पनि हातबाट जाने सम्भावना

काठमाडौँ असार २५ गते । पछिल्लो समय जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई एकपछि अर्को झटका लागि रहेको छ । सरकारमा पठाएको मन्त्री फिर्ता देखि लिएर हेरफेर गरिएको कार्यकारिणी समितिको अमान्यलगायतका विषयमा झटका सहदै आउनु भएका महन्थ ठाकुरलाई एउटा अर्को झटका लागेको छ ।

उहाँकै नेतृत्वमा रहेको तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल पनि अब उहाँको हातमा नरहने भएको छ । जसपामा पार्टीको आधिकारिताको विवाद चलिरहेको छ । यदि जसपामाथि उपेन्द्र यादवले कब्जा जमाएपछि राजपा नेपाललाई ब्युत्याउने मनस्थिति उहाँले बनाई सक्नु भएको थियो । तर आजै धनुषाका हरिनारायण यादव राजपा नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

हरिनारायण यादव उपेन्द्र यादवका कार्यकर्ता हुनुहुन्छ उहाँले जे भन्नुहुन्छ त्यही मान्ने खालका अज्ञाकारी कार्यकर्ता हुनुहुन्छ । महन्थ ठाकुरले अरु कुनै व्यक्तिको नामबाट दर्ता गराएर राख्ने सोचिरहनु भएको थियो त्यतिकै उपेन्द्र यादवले सो पार्टी पनि आफ्नो कब्जामा लिनु भएको छ ।
राजपा नेपाल पनि दर्ता भइसकेपछि यदि महन्थ ठाकुरले जसपा पाउन सकेनन् भने अर्को नयाँ पार्टी दर्ता गराउनुपर्ने हुन्छ । राजपा नेपाल मधेशमा परिचित नाम चलेको पार्टी हो । यो पार्टीसँग थुप्रै नेता तथा कार्यकर्ताहरु जुडेका छन् । भोली गएर नयाँ पार्टी दर्ता गराउनु पर्यो भने नेता तथा कार्यकर्ता अलमलमा पर्न सक्छ ।

राजपा नेपालको छाता चुनाव चिन्ह राजपा नेपालसँग छ । राजपा नेपाल दर्ता गराएपछि पञ्जा चुनाव चिन्ह राख्ने सोच महन्थ ठाकुर पक्षका नेताहरुको थियो । तर हरिनारायण यादवले पञ्जा छाप चुनाव चिन्ह माग गर्दै राजपा नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।
धनुषा लक्ष्मिनियाँ गाउपाउँपालिका सोहनी गाउँका हरिनारायण यादव संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का प्रदेश सदस्य हुनुहुन्थ्यो । पछि प्रदेश २ सदस्यमा चुनाव हारेपछि उहाँ पार्टीमा निस्कृय जस्तै हुनुहुन्थ्यो । जसपा नेपाल समायाजन हुँदा उहाँलाई त्यसमा जिम्मेवारी दिने तयारी भइरहेको थियो ।

 

तपाईको प्रतिक्रिया