प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट मन्त्रीमुखी भएको जनाउँदै सदस्यहरुले आज बसेको छैटाँै अधिवेशनको १३ औंँ बैठक अवरुद्ध गरेका हुन् ।
रेडबुक संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने भनी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का सदस्यले अडान राखेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो ।
एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले बजेट सन्तुलित नभएको आरोप लगाउनुभयो । माओवादी केन्द्रका दिलीप साहले प्रदेश सरकारको बजेट विकासका लागि नभएर स्वार्थ पूरा गर्न ल्याएको आरोप लगाउनुभयो ।
विपक्षी दलका सदस्य उभिएर प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले बैठक एक घण्टाका लागि स्थगन गरे पनि चल्न सकेन । आजको प्रदेशसभा बैठकमा मन्त्रालयलगायत बजेटमा छलफल गर्ने कार्यसूची थियो ।


तपाईको प्रतिक्रिया