सर्वोच्चले लोकतन्त्रको रक्षा गर्ने काम गरेको छ–रामेश्वरराय यादव

काठमाडौँ असार २८ गते । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रामेश्वर राय यादवले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रलाई रक्षा गरेको प्रतिकृया दिनुभएको छ ।

सर्वोच्च अदालतले आदेश दिएपछि जनतामा खुशीयाली आएको बताउँदै उहाँले सर्वोच्च अदालतले एकपटक पुनः जनताको विश्वास जितेको प्रतिकृया दिनुभयो । उहाँले संसद विघटन गरेर देशमा प्रतिगमनको सुरुवात भइसकेको थियो, देश संकटतिर धकिल्दै गइरहेको थियो तर सर्वोच्चले समयमा आफ्नो निर्णय दिएर लोकतन्त्रलाई बचाएको बताउनुभयो ।

एउटै प्रधानमन्त्रीले दुईपटक संसद विघटन गरेको घटना विश्वमा विरलै पाइन्छ तर नेपालमा भएको हो तर धन्न नेपालमा स्वतन्त्र न्यापालिका छ, जसले लोकतन्त्रलाई पटक पटक रक्षा गरेको उहाँले प्रतिकृया दिनुभयो । प्रतिनिधिसभा विघटन भएपछि देशमा कानुन राज्यको उपहास भइरहेको थियो, त्यसलाई जोगाउने काम अदालते गरेको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया