लोकतन्त्र र संविधानको रक्षाका लागि अदालतको महत्पूर्ण आदेश–उपेन्द्र यादव

काठमाडौँ असार २८–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशले संविधान र लोकतन्त्रको रक्षा गरेको प्रतिकृया दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको गतिविधिले लोकतन्त्र, संघीयता र संविधान नै खतरामा परेको बताउँदै उहाँले त्यसको रक्षा सर्वोच्च अदालतबाट भएको प्रतिकृया दिनुभयो । प्रतिगमनकारीहरुले संघीयता र लोकतन्त्र मास्नका लागि पटक पटक षड्यन्त्र गरेको तर त्यसलाई जनताले परास्त गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, सर्वोच्च अदालतको आदेशले प्रतिगमनको हार भएको छ र अग्रगमनको जित भएको छ, फेरि कसैले प्रतिगामी हरकत नगरोस् भनेर गठबन्धन सचेत रहनुपर्छ ।’

 

तपाईको प्रतिक्रिया