काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का कार्यकारिणी सदस्य महेन्द्र राय यादवले संविधान, लोकतन्त्रको रक्षाका लागि सर्वोच्च अदालतले ऐतिहासिक आदेश दिएको छ, त्यसलाई सबैले स्वागत गर्नुपर्ने बताउनुभयो ।
सर्वोच्च अदालतले लोकतन्त्र र संघीयतालाई रक्षा गर्ने काम गरेको छ, उहाँले भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा अोलीका कारण लोकतन्त्र र संघीयता नै खतरामा परिसकेको थियो तर त्यसलाई जोगाउने काम न्यायलयले गरेको छ, त्यसले गर्दा न्यायलयप्रति जनताको झन विश्वास बढेको छ ।’ प्रधानमन्त्री ओलीको क्रियाकलापले जनता त्रसित भइसकेको थियो, कतिबेला के हुने हो, के कदम चाल्ने हो, त्यसको कुनै ग्यारेन्टी थिएन, तर अब देश ठिक ठाउँमा आएको छ, जनताको विश्वास बढेको बताउँदै उहाँले अब गठबन्धनले जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकारले जे कामहरु विगारेको थियो, जुन अलोकप्रिय कार्यहरु गरेको थियो, ती सबैलाई अन्त्य गर्दै देशमा सुशासन र समृद्धिका लागि काम गर्नेपर्ने धारणा उहाँले राख्नुभयो ।


तपाईको प्रतिक्रिया