Khadya Bibhag

संसद विघटन गर्नेलाई कानुन अनुसार कारवाही हुनुपर्छ–इस्तियाक राइ

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का कार्यकारिणी सदस्य एवं सांसद इस्तियाक राइले स्वतन्त्र न्यायपालिका सर्वोच्च अदालतले संघीयता र लोकतन्त्रको रक्षा गरेको प्रतिकृया दिनुभएको छ ।

सर्वोच्च अदालतको आदेशपछि प्रतिकृया दिँदै उहाँले भन्नुभयो, सर्वोच्च अदालतको आदेशले कानुनी राज्यको रक्षा भएको छ र प्रतिगमनको हार र लोकतन्त्रको विजय भएको छ ।’ संविधानको मर्म र भावनालाई कुल्चिदै प्रतिगामी कदम उठाउँदै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गर्नुभएको बताउँदै उहाँले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर ऐतिहासिक कार्य गरेको प्रतिकृया दिनुभयो ।

संसद जस्तो गरिमामय प्रणालीलाई विघटन गर्ने दुस्साहस गर्ने व्यक्तिलाई कसुरवार ठहराई कानुन अनुसार कारवाही गर्नुपर्ने उहाँले बताउनुभयो । एकपटक मात्र होइन, दुई दुईपटक संसद विघटन गरेर अपराध गरेको बताउँदै नेता राइले संसद विघटन गर्नेलाई कानुनअनुसार कारवाही गर्नेपर्ने बताउनुभयो ।

माफी एकपटकलाई हुन्छ, पटकपटकलाई हुँदैन, कानुन अनुसार सजाय दिइएन भने भोली गएर फेरी त्यस्तो हरकत गर्दैन भनि ग्यारेन्टी के छ भनि प्रश्न गर्दै उहाँले कानुनी राज्य छ भने कुराको प्रत्याभूती जनतालाई गराउनुपर्ने तर्क गर्नुभयो ।

तपाईको प्रतिक्रिया