Khadya Bibhag

सर्वोच्च अदालतको आदेश स्वागतयोग्य छ–प्रदीप यादव

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सर्वोच्च अदालतको आजको आदेश स्वागतयोग्य रहेको प्रतिकृया दिनुभएको छ ।

लोकतन्त्र र संघीयताको पक्षधरको जीत भएको छ र प्रतिगमनकारीको हार भएको छ, उहाँले भन्नुभयो, सर्वोच्च अदालतको एउटा आदेशले प्रतिगमनको अन्त्य गरी लोकतन्त्र, संघीयता, संविधान, समाजिक न्याय, समानुपातिक समावेशी, धर्मनिरपेक्षता सबैको एकैपटक रक्षा गरेको छ, यसलाई ह्रदयदेखि स्वागत गर्नुपर्छ ।’ देशको संसद सार्वभौम हुन्छ, देशलाई एउटा दिशा निर्देश दिने काम संसदले गरेको हुन्छ, देशलाई व्यवस्थापिमक संसदले नियन्त्रणमा लिएर सञ्चालन गरेको हुन्छ तर देशकै प्रधानमन्त्रीले त्यसैलाई अन्त्य गर्ने दुस्साहस गरेका बताउँदै उहाँले यसको रक्ष ागर्ने काम न्यायलयले गरेको प्रतिकृया दिनुभयो ।

लोकतन्त्रका लागि आजको दिन सबैभन्दा महत्वपूर्ण दिन रहेको बताउँदै उहाँले फेरि पनि कसैले यसखालको प्रतिगमनकारी कदम नउठाओस् भनि सतर्क र सचेत रहनु पर्ने बताउनुभयो । प्रतिगमनकारी शक्तिलाई पूर्णरुपमा अन्त्य गर्नुपर्ने बताउँदै उहाँले प्रतिगमनको अवषेश बाँकी रह्यो भने लोकतन्त्र जहिले पनि खतरामा रहने भएका हुनाले यसको जडैदेखि अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया