काठमाडौँ साउन ३ गते । जनता समाजवादी पार्टीको आधिकारिता सम्बन्धी विवादमा निर्वाचन आयोगमा आजदेखि बहस सुरु भएको छ ।
निर्वाचन आयोगले गठन गरेको इजलासमा दुवै पक्ष वकिलहरुले बहस गर्नुभएको छ । दुवै पक्षको बहस सुनिसकेपछि आयोगको इजलासले प्रमाण मुकरर पेस गर्न आदेश दिएको अधिवक्ता विरेन्द्र ठाकुरले बताउनुभयो ।
पार्टीको आधिकारिताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले इजालास नै गठन गरेर त्यसको छिनोफानो गर्न लागेको हो ।


तपाईको प्रतिक्रिया