काठमाडौँ साउन ५ गते । जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक सिंहदरवारमा बस्न लागेको हो । वर्तमान सरकारमा सहभागी, संसदीय दलको विधान लगायतको विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।
संसदीय दलको विधानमा छलफल गरेर पारित गरेपछि त्यसैको आधारमा संसदीय दलको नेता चयन हुने छ । उपेन्द्र यादवको पक्षमा हाल ३२ जनामध्ये २० जना सांसद रहेका छन् । त्यही बहुमत सांसदको हस्ताक्षरबाट प्रकृया पुरा गरी संसदीय दलको नेता चयन गरिनेछ । संसदीय दलको नेता उपेन्द्र यादव हुने निश्चित प्रायः छ ।


तपाईको प्रतिक्रिया