Khadya Bibhag

माओवादी केन्द्रबाट कारवाहीमा परेका नेताले गठन गरे आइटी आर्मी

काठमाडौँ साउन ५ गते । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्नुभएका नेताहरुले आज आइटी आर्मी गठन र्नुभएको छ ।
माओवादी केन्द्रबाट कारवाहीमा पर्नुभएका प्रभु साहका अनुसार सुचना प्रविधिमार्फ़त नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ स्वतन्त्र युवाहरुको प्रयासमा “आई टी आर्मी” नामको एक संगठन निर्माण भएको छ ।

भक्तपुर लोकन्थलीको एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलाले युवा नेता चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

यसले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै विधमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका ख़ेल्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया