Khadya Bibhag

उपेन्द्र यादव र राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौँ साउन ६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलर बीच भेटघाट भएको छ ।

अध्यक्ष यादव र राजदूत केपलर बीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो । दुईजनाको भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयीक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले जनाएको छ । अध्यक्ष यादवले राजदूतसँग शिष्टाचार भेटघाट भएको बताउनुभयो

तपाईको प्रतिक्रिया