काठमाडौँ साउन ६–प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर सरकारमा सामेल हुन आग्रह गर्नुभएको छ । आफूलाई विश्वासको मतमा समर्थन जनाएको भन्दै धन्यवादका लागि बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘संसदमा समर्थन गर्नुभएकोमा त्यसका लागि धन्यवाद दिन्छु अब सरकारमा पनि सहभागी भएर सहयोग गर्नुहोस् ।’
त्यसको जवाफमा अध्यक्ष ठाकुरले आफूहरुको प्राथमिकता सरकार होइन, मधेशको मुद्दा हो मधेशको माग पुरा गरे मात्र सरकारमा आउने भन्नुभएको थियो । आफूहरुले पटक पटक मधेशको माग उठाएको र हरेक प्रधानमन्त्रीलाई जानकारी गराउँदै आएपनि हालसम्म पुरा नभएको भन्दै ठाकुरले यो वर्तमान सरकारले मधेशको माग पुरा गर्छ कि भनि आफूहरुले विश्वास गरेको भन्नुभएको थियो ।
अनि प्रधानमन्त्री देउवाले आफू मधेशको माग पुरा गर्न सकारात्मक रहेको र सरकारले पूर्णता पाउने वित्तिकै त्यस काममा लाग्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया