जसपा सत्ताको खेलमा रमाउँदै, नेता कार्यकर्ता जेलमा जाँदै

काठमाडौँ साउन ८ गते । जनता समाजवादी पार्टी नेपालका यतिखेर सत्ताको खेलमा लागेको छ तर सोही पार्टीका नेता कार्यकर्ताहरु जेल चलान हुन थालेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवको सत्ताको लडाईमा एक अर्कासँग भिडि रहनु भएको छ । तर सोही पार्टीका नेताहरु जो मधेश आन्दोलनमा लागेका थिए उनीहरु धमाधम जेल चलान भइरहेका छन् ।

जसपाका दुवै पक्ष प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेका छन् । समर्थन गरेको एक साता नबित्दै सो पार्टीका नेताहरुलाई विभिन्न आरोप लगाउँदै जेल पठाउन थलेका छन् ।

विहिवार मात्रै तेस्रो मधेश आन्दोलनको क्रममा २०७४ सालमा राज्यद्वारा द्वेशपुर्ण रुपमा लगाईएको एक मुद्दामा ंसंविधानसभा सदस्य तथा जसपाका केन्द्रीय सदस्य बाराका प्रमोद गुप्ता र जसपा जिल्ला प्रवक्ता अरुण कुमार सिंह बारा जिल्ला अदालतद्वारा वीरगञ्ज कारागार पठाईएको छ ।

मधेश आन्दोलनको समयमा गाडीमा आगजनिको आरोप उहाँहरुमाथि लागेको थियो । आदलतले उहाँमाथि ६ महिना कैद र करिब १०–१० लाख रुपया बिगो असुल उपर गर्ने निर्णय गरेको हो।
आन्दोलनको मुद्दा फिर्ता गराउनुको साटो जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने निर्णय गरिसक्नु भएको छ भने महन्थ ठाकुर आन्दोलनको तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया