बाबुराम भट्टराईको पार्टी कार्यालय अगाडि जलाइयो उहाँकै तस्विर

काठमाडौँ साउन ८ गते । राष्ट्रिय एकता अभियानले आज पनि जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको तस्लिर जलाइएको छ ।

अभियानका संयोजक विनय यादवसहित अभियानीहरु जसपाको पार्टी कार्यालय आगडिमा गएर डा.भट्टराईको तस्विर जलाइएको हो । हिन्दु धर्मलाई अपमान गरेको भन्दै अभियानका नेता तथा कार्यकर्ताहरुले सो तस्विर जलाइएको हो ।

बकर इदकै डा.भट्टराईले आफ्नो ट्वीटरमा हिन्दुहरुले दुध बगाउने गरेका र पिसाब पिउने गरेको कुरा लेखेका थिए । त्यसले हिन्दु धर्मको अपमान भएको भन्दै त्यही दिनदेखि देशका विभिन्न ठाउँमा नारा जुलुस लगाउनुको साथै ठाउँ ठाउँमा पुतला जलाइएको छ ।
अभिानका अध्यक्ष यादवले डा.भट्टराईले माफी नमागेसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो । उहाँले माफी माग्नु भएन उहाँको निवासमा गएर उहाँको पुतला जलाउने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया