Khadya Bibhag

जसपामा विवाद चलिरहेको बेला नेपाल सद्भावना पार्टी सक्रिय

काठमाडौँ साउन १०–जनता समाजवादी पार्टी नेपाल विभाजनको अन्तिम अवस्थामा पुगेको बेला नेपाल सद्भावना पाटी संगठन विस्तारमा सक्रिय भएको छ । रामकुमार महतोको अध्यक्षतामा रहेको नेपाल सद्भावना पार्टी केन्द्रीय समिति विस्तार गर्दै अहिले जिल्ला जिल्लामा कार्यक्रम गरिरहेको छ । जसपामा देखिएको विवादका कारण नेपाल सद्भावना पाटीप्रति आकर्षण बढेको सो पार्टीमा आवद्ध नेताहरुको दावी छ ।

तराई मधेशका सबभन्दा बढी पुरानो पार्टी नेपाल सद्भावना पार्टी हो । मधेशको मुद्दा, मधेशी पहिचान र अधिकारका लागि सबभन्दा पहिले अवाज उठाउने पार्टी नै नेपाल सद्भावना पार्टी भएको हुनाले जनताको आकर्षण बढ्दै गएको पार्टीका सहमहासचिव राजेश चौधरीले बताउनुभयो ।

अहिले मधेशमा देखिएका ठूला ठूला नेताहरु नेपाल सद्भावना पार्टीबाट जानु भएको हो । नेपाल सद्भावना पार्टीबाट राजनीति गरेपनि सबैले त्यो पार्टी छाडेर हिडेको कारण आफूहरु त्यो पार्टीलाई पुनः सक्रिय गराएको उहाँले बताउनुभयो । तराई मधेशमा नेपाल सद्भावना पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै उहाँले जसपाका थुप्रै नेताहरु नेपाल सद्भावना पार्टीमा प्रवेश गर्न लागेको बताउनुाये ।

 

हिजो सुनसरीमा मात्र जसपाका प्रदेश १ का अध्यक्ष चन्देश्वर चौधरीलगायत नेताहरु नेपाल सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ । सहमहासचिव चौधरीले गराउनु भएको जानकारी अनुासर जसपाका देवराम यादव, शिवसरन साह, नविनचन्द्र साह, बिनोद मेहता, पवन मेहता, रिणा उराँव, सुनिता चौधरी, देवनारायण यादव, बच्चालाल यादवलगायत नेताहरु प्रवेश गर्नुभएको छ । जसपा छाडेर प्रवेश गरेका चन्देश्वर चौधरीलाई नेपाल सद्भावना पार्टीको प्रदेश १ को अध्यक्षमा चयन गरेको छ ।

त्यसैगरि, नेपाल सद्भावना पार्टीमा पदाधारी तथा सदस्य पनि मनोनित गरेको छ । वरिष्ठ उपाध्यक्षमा सिताराम पौदार, सहमहासचिवहरुमा भरतप्रसाद साह र राजेश चौधरीलाई चयन गरेको छ । त्यस्तै सचिवमा सत्यनारायण साह, प्रवक्तामा पवन कुमार साह र सदस्यहरुमा विरेन्द्र कुमार महतो, राधेश्याम ठाकुरलाई चयन गरेको छ ।

त्यस्तै नेपाल सद्भावना पार्टीले ६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिको मनोनित गरेको छ । त्यसको सदस्यमा श्रीवती भेडिहर, सदस्य सचिवमा नागेन्द्र सिंह, सदस्यहरुमा भरतप्रसाद साह, पवन कुमार साह, फुलप्रास देवी र रामविलास कुशवाहा रहनु भएको छ ।

 

तपाईको प्रतिक्रिया