Khadya Bibhag

महन्थ ठाकुर र उपेन्द्र यादव पक्षको छुट्टा छुट्टै बैठक बस्दै

काठमाडौ साउन ९–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको छुट्टा छुट्टै बैठक बस्न गइरहेको छ ।

उपेन्द्र यादव पक्षको बालकुमारीमा १२ वजे र महन्थ ठाकुर पक्षको बबरमहलमा १ वजे बैठक बस्न लागेको पार्टी सम्बद्ध नेताहरुले बताउनुभयो ।

निर्वाचन आयोगले सनाखातका लागि पार्टीका कार्यकारिणी समितिका सदस्यलाई आयोगमा बोलाएपछि त्यसको तयारीका लागि दुवै पक्षको बैठक बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया