काठमाडौँ साउन १२ गते । जनता समाजवादी पार्टीले महन्थ ठाकुरसहित १७ जनालाई कार्यकारिणी सदस्यबाट निष्काशित गरेको छ । पार्टीको हित विपरित काम गरेको भन्दै उहाँहरुलाई समितिबाट निकालेको हो ।
निर्वाचन आयोगमा पार्टीको आधिकारिता सम्बन्धी विवादमा उहाँहरुले विपक्षमा हस्ताक्षर गरेको कारण उहाँहरुलाई आज बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले निष्काशन गरेको हो । उपेन्द्र यादव पक्षले जसपाको आधिकारिता प्राप्त गरेपनि आयोगले ५१ सदस्यीय कार्यकारिणी समिति कायम राखेको छ ।
महन्थ ठाकुरहरुले आफूहरु जसपामै रहेको प्रतिकृया दिन थाल्नु भएको छ । जसपा विभाजन भएकै छैन । उपेन्द्र यादवलाई आधिकारिता दिनुको साथै पुरानो कार्यसमितिलाई मान्यता दिएको हो । पार्टी विभाजनका लागि कोही पनि निर्वाचन आयोग गएको थिएन । आधिकारिताका लागि गएको थिए र त्यसमा उपेन्द्र यादवले आधिकारिता पाएको दावी महन्थ ठाकुर पक्षको रहेको छ ।
तर कार्यकारिणी सदस्य महेन्द्रराय यादव भन्नुहुन्छ, आयोगमा भएको हेडकाउन्टमा उहाँहरुले विपक्षमा हस्ताक्षर गरेको बेलादेखि नै उहाँहरु अब जसपामा हुनुहुन्न ।’ यदि उहाँहरु जसपामा आउन चाहनु भएको छ, भने जनता समक्ष माफी माग्नुपर्छ आत्मलोचना गरेपछि मात्र आउने मिल्ने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया