आज पहिलो खीर दिवसः कति पोशिलो हुन्छ खीर ?

काठमाडौँ साउन १५ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले आज विभिन्न कार्यक्रम गरी पहिलो खीर दिवस मनाइ रहेको छ ।
साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रुपमा खीर दिवसकै रुपमा मनाउेन निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो ।

उहाँले पहिलो खीर दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको बताउनुभयो । नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ । धान रोपाई गर्ने कार्य असारभित्र सम्पन्न गरी कार्यमा ह्रास शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउनमा खीर खाने चलन आएको बताइएको छ ।

खीर एक स्वास्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरिरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्वहरु पनि प्राप्त हुने हुनाले खीर उपयोगी सिद्ध भएको बोर्डले जनाएको छ ।

पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुुणस्तर कायम गर्न चेतना जागृत गराउन प्रचार प्रसार गराउने, दूध तथा दूग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने तथा दूध तथा दुग्ध पदार्थको उपभोगमार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्यले यो खीर दिवस मनाउन लागेको कार्यकारी निर्देशक यादवले बताउनुभयो ।

 

नेपाल खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने ३.० प्रतिशत चिल्लो ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ । साधारणतया १०० ग्राम खीरमा ९२ क्यालोरी शक्ति प्रदान हुन्छ ।

साथै प्रति ग्राम खीरमा पानी ८८.९ ग्राम, कार्बोहाइड्रेड १६.४ ग्राम, प्राटिन ३.३ ग्राम, फ्याट १.३ ग्राम, फाइवर ०.१ ग्राम रहेको गरेको छ । एकजना व्यक्तिलाई प्रतिदिन २१०८ क्यालोरी शक्तिको आवश्यकक पर्छ । त्यसैले १०० ग्राम खीर उपयोग गरिएमा ९२ क्यालोरी शक्ति प्रदान हुने बोर्डले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया