Khadya Bibhag

जसपाले मन्त्री चयनका लागि बनायो समिति, को को हुनुहुन्छ मन्त्रीका दावेदार ?

काठमाडौँ असार १३ गते । जनता समाजवादी पार्टीले सरकारका लागि मन्त्री चयन गर्ने जिम्मा पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राइलाई दिएको छ ।

दुई दिनदेखि जारी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो जिम्मेवारी दिएको हो । आजै बसेको सत्तापक्षीय गठबन्धनको बैठकले मन्त्रीपरिषद् चाँडै विस्तार गर्ने निर्णय गरेको छ । सोही अनुसार जसपाबाट पनि चाँडै नै मन्त्री चयन गर्नका लागि समिति बनाएको हो । मन्त्री चयन गर्ने विषयमा आज सैद्धान्तिक छलफल भएको हो । मापदण्डलगायतका विषयमा पनि छलफल भएको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिनुभयो ।

यद्यपी सरकारमा को जाने विषयमा पार्टीमा विवाद देखिएको छ । हालसम्म उपेन्द्र यादवकै नेतृतत्वमा सरकारमा जाने छलफल भइरहेको बुझिएको छ । गठबन्धनमा जसपाको भागमा कति मन्त्रालय पर्छ भनि टुगों लागेको छैन तर मन्त्री बन्ने आकाँक्षीहरु पार्टीमा बढ्दै गएको हो । पार्टीका कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, प्रमोद साह, अमृता आग्रहरी, प्रदीप यादव, इस्तियाक राइलगायतले मन्त्रीका लागि दावी गरिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया