धानखेतमा महिलाको लास फेला

विराटनगर साउन १८ गते । धान खेतमा एकजना महिलाको लास फेल परेको छ । सो लास मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाको रहेको प्रहरीले पुष्टि गरेको छ । घरबाट लगभग ५० मिटर दूरीको धान रोपाइँ भइसकेको र पानी जमेको खेतमा हिजो राति १० बजेतिर लास फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

घरमा निस्किएको केही बेरमा आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत बगिरहेको अवस्थामा जानकीदेवी मृत फेला परेको डीएसपी श्रेष्ठले बताउनुभयो ।

प्रहरीका अनुसार हाँस हराएपछि खोजी गर्ने क्रममा छिमेकीसँग ती महिलाको विवाद भएको थियो । जानकीदेवीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । । सुरुपमा मृतकका परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराइएको थियो । प्रहरी पुग्नुअघि परिवारका सदस्य एवं छिमेकीले उनको लास बाहिर ल्याइसेको थियो ।

तपाईको प्रतिक्रिया