Khadya Bibhag

नेता सुमनले भन्नुभयो, ‘मन्त्रीको नाम पार्टीेका तीन नेताले यथाशक्य चाँडो टुँगो लगाउनुहुन्छ’

काठमडौँ साउन १८ गते । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीेका तीन नेताले यथाशक्य चाँडो टुँगो लगाउने बताउनु भएको छ ।

‘हाम्रो पार्टीको कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । उहाँहरुले निर्णय गर्नुहुन्छ, रिर्पोटर्स क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, सरकारमा जाने निर्णय पार्टीले गरिसकेको छ र मन्त्री चयन गर्ने जिम्मेवारी पनि तीनजनालाई दिइसकेको छ ।’

उहाँले आफूहरु तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिगमनकारी कदमको विरुद्धमा काँग्रेस, माओवादी केन्द्रसँगै एउटै कित्तामा उभिएको र प्रतिगमनलाई अन्ततः परास्त गर्न सफल भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पनि यो सरकारमा जान्छौं भनेर निर्णय गरिसकेका छौं । अब को को मन्त्री बन्ने भन्ने कुरा त समावेशी र समानुपातिक प्रतिनिधित्व गरेर पठाउँछौं ।’

अहिले कतिवटा मन्त्रालय पाउने भन्नेबारे निक्र्यौल नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सरकारमा सहभागिताको विषयमा माधव नेपाल समूहको पोजिसन क्लियर भएको छैन्, उहाँहरुको पोजिसिन क्लियर भएपछि त्यो टुँगो लाग्ला । तर, माधव नेपालले जे निर्णय गरेपनि स्वागतयोग्य नै हुन्छ ।’

नेपाली कांग्रेसका नेता महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई जननेताको संज्ञा दिनु भएको छ । नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाई छ ।

उहााले भन्नुभयो, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ ।’
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ ? वा जेल हाल्न चाहानुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’

नेता पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिनुभएको छ ।

तपाईको प्रतिक्रिया