काठमाडौँ साउन १९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र नागरिकता ऐन पारितका विषयमा अडान राखेको कारण मन्त्रीपरिषद्मा ढिलाई भएको हो ।
। अध्यक्ष यादवले संविधान संशोधन र नागरिकता ऐन पारित गराउन सरकारको साझा कार्यक्रम हुनुपर्छ र यसलाई कार्यक्रममा नै राख्नुपर्ने अडान सत्ता गठनबन्धनमा राख्नु भएको छ ।
उहाँको यही अडानका कारण मन्त्रीपरिषद्मा ढिलाई भइरहेको जसपाका एक नेताले बताउनुभयो । उहाँले भन्नुभयो, जसपा नेपाल सरकारमा जाने निर्णय गरिसकेको छ तर त्यतिकै जाँदैन, संविधान संशोधनलगायत मधेशका अन्य मुद्दाका विषयमा सरकारको साझा कार्यक्रम नबनेसम्म सरकारमा सहभागी हुने कुरा हुँदैन, त्यसैमा अहिले छलफल भइरहेको छ ।’
हिजो बसेको चार दलीय गठबन्धनको कार्यदलले केही कुराको फाइनल गरेको छ त्यसको विषयमा आज शीर्षतहमा बस्ने बैठकले टुगों लगाउने बताइएको छ ।
हिजो बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदलका सदस्यहरूको बैठक बसेको थियो । कार्यदलमा काँग्रेसबाट पूर्णबहादुर खड्का र रमेश लेखक हुनहुुन्छ भने माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देव गुरुङ सदस्य रहनु भएको छ । त्यस्तै, जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ कार्यदलमा रहनु भएको छ ।


तपाईको प्रतिक्रिया