काठमाडौँ साउन १८ गते । नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सरकारमा नजाने निश्चित भएपछि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल मन्त्रालय बाँडफाँडमा जुटेका छन् । माधव कुमार नेपालले सरकारमा जाने नजाने बारेमा निश्चित नभएको कारण मन्त्रिपरिषद विस्तार भइरहेको थिएन ।
आज प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुट्नु भएको छ ।
कसले कति र कुन कुन मन्त्रालय पाउने विषयमा सम्भवतः आज टुगों लाग्छ, बालुवाटार स्रोतले भन्यो, आज गठबन्धनको कार्यदलको बीचमा पनि छलफल भएको थियो, त्यसैको निरन्तरताका लागि शीर्ष तहमा छलफल शुरु भएको हो ।

तपाईको प्रतिक्रिया