माधवकुमार नेपाल पक्षले बोलायो बैठक, ओली पक्ष भन्छ, छैन कुनै बैठक

काठमाडौँ साउन २० गते । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका केन्द्रीय समितिको बैठक भोली ११ बजेका लागि बोलाउनु भएको छ । तर ओली पक्षले भोली विहिवार कुनै प्रकारको बैठक नरहेको जानकारी गराएको गराएको छ ।

‘पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा ओली पक्षले अपिल गरेको छ ।

एमालेका ओली पक्ष र माधव नेपाल पक्ष बीच मिलाउन प्रयास निकै भइरहेको छ तर अझै मिल्न सकेको छैन । ओली र माधव आआफ्नो अडानमा रहेका छन् । त्यसले गर्दा दुवैजनाको बीचम कुरा मिलिरहेको छैन । विवाद झन झाँगिदै गइरहेको छ ।

तपाईको प्रतिक्रिया