काठमाडौँ साउन २५ गते । जनता समाजवादी पार्टी नेपालको दर्ता खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छैन जसपा समावेशी नभएको, विधि प्रकृयाले गठन नभएको जस्ता आरोप लगाउँदै राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी र तत्कालिन राजपा नेपालबीच एकीकरण भएको थियो । राजपाले समाजवादी पार्टीसँग एकीकरण गरेपछि जसपा बनाउँदा थापाले रिट दायर गर्नुभएको थियो । रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालाता माथेमाको संयुक्त इजलासले जसपा खारेज गर्न नपर्ने आदेश दिएको हो ।


तपाईको प्रतिक्रिया