काठमाडौँ भदौंँ २ गते । महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक पार्टी दर्ता गराउने भएको छ । सरकारले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि ठाकुरले १४ जना सांसदसहित २३ सदस्यीय कार्यसमिति बनाएर निर्वाचन आयोगमा दर्ता गराउने भएको छ ।
उपेन्द्र यादवले जसपा नेपालका आधिकारिता पाएपछि महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । अदालतले महन्थ ठाकुरको पक्षमा अन्तरिम आदेश नदिएपछि सरकारले पार्टी दर्ता गराउन सजिलो होस् भएर ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य हुनुपर्ने प्रावधानलाई अध्यादेशमार्फत सच्याएर २० प्रतिशत सांंसद वा केन्द्रीय सदस्य प्रावधानको व्यवस्था गरेपछि महन्थ ठाकुरले आफ्ना पक्षलाई लिएर जसपा नेपाल लोकतान्त्रिक दर्ता गराउने जान लाग्नु भएको हो ।

तपाईको प्रतिक्रिया