Khadya Bibhag

अब के गर्नुहुन्छ राजेन्द्र महतो ?

काठमाडौँ भदौंँ २ गते । राजेन्द्र महतोले चाहदा चाहदै पनि महन्थ ठाकुरले एकल अध्यक्ष प्रणालीको पार्टी दर्ता गराउने भएको छ । २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य पुर्याउनेले नयाँ पार्टी दर्ता गराउन सकिने प्रावधानसहितको अध्यादेश जारी भएपछि महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गराउन लाग्नु भएको छ ।

स्रोतका अनुसार सो पार्टीमा महन्थ ठाकुर अध्यक्ष र राजेन्द्र महतोलाई सदस्यको रुपमा राखिएको छ । अहिले पदाधिकारी चयन गरेको छैन । राजेन्द्र महतोले दुईजना अध्यक्ष राख्न दवाव दिँदै आउनु भएको थियो । नयाँ पार्टीमा दुवैजनाको हैसियता बराबर हुनुपर्ने धारणा राजेन्द्र महतोको थियो तर महन्थ ठाकुरले दुई अध्यक्ष प्रणाली भएको पार्टी फेल भएको कारण अब एकल अध्यक्ष भएको पार्टी दर्ता गराउने भन्नुभएको थियो ।

महन्थ ठाकुर पक्षका एक नेताले भन्नुभयो, अब राजेन्द्र महतोको केही चल्ने बाला छैन, उहाँ अब यो पार्टीमा एक्लै हुनुहुुन्छ, उहाँलाई यहाँ बस्न मन छ भने बसोस् नभए अरु कतै जाँदा हुन्छ अब दुईटा अध्यक्ष होइन, एकजना अध्यक्ष मात्र रहनेछ ।’

पार्टीका आधिकारिता सम्बन्धीमा विवादमा उपेन्द्र यादवले आधिकारिता पाएपछि अधिकाँश राजेन्द्र महतो पक्षका नेता तथा सांसद उता लाग्नु भएको छ । हालसम्म महन्थ ठाकुर पक्षका एकजना सुरेश मण्डल मात्र उता जानु भएको छ भने बाँकी राजेन्द्र महतोका नै सांसद तथा नेताहरु रहेका छन् । पार्टीमा उहाँका पक्षका एकजना लक्ष्मणलाल कर्ण बाँकी छन् तर उहाँ पनि अहिले महतोको साथमा हुनुहुन्न । लक्ष्मण लाल कर्ण पनि महन्थ ठाकुरको साथमा गइसक्नु भएको छ । अहिले पार्टीमा एक्लै हुनुहुन्छ, उहाँलाई महन्थ ठाकुर पक्षले जे भन्छ, त्यो मान्ने बाध्यता छ ।

महतोको पक्षका बोल्ने एकजना नेता छैन त्यो पार्टीमा । महतो एक्लै बोल्दा महन्थ ठाकुर पक्षका नेताहरु सुनिरहेको छैन । राजेन्द्र महतोसँग अब एउटै विकल्प छ, महन्थ ठाकुरलाई स्वीकार गरेर पार्टीमा बस्ने ।

 

तपाईको प्रतिक्रिया