काठमाडौँ भदौँ ७ गते । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बालकोटस्थित अोली निवासमा भएको भेटवार्तामा दुई देश बीचको सम्बन्धलाई अझ कसरी बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ । चारदिने भ्रमणमा हिजो नेपाल आइपुग्नु भएका चौथाईवालाले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए भने आज मध्यान्ह एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गर्नुभएको छ ।
दुईजनाको भेटघाटमा चौथाइवालेले आफूहरुले नेपालका राजनीतिक दलहरुसँग राम्रो सम्बन्ध बनाउन चाहेको र त्यसैका लागि आफू नेपाल आएर राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेको कुरा राख्नु भएको थियो । एमाले अध्यक्ष अोलीले आफू सरकार सञ्चालन गरिरहँदा भाजपाबाट निकै सहयोग रहेको र त्यसका लागि सो पार्टीलाई धन्यवाद दिन चाहेको धारणा राख्नु भएको थियो ।


तपाईको प्रतिक्रिया