काठमाडौँ भदौं ७ गते । संघीय समाजवादी फोरम नेपालबाट समाजवादी पार्टी र समाजवादी पार्टीबाट जनता समाजवादी पार्टी तथा सो पार्टीबाट पनि अर्को दल फुटि सक्दा पनि संघीय समाजवादी पार्टीलाई थाह छैन ।
जसपा नेपालले अझै संघीय समाजवादी फोरम नेपालको मेल चलाइ रहेको छ । प्राप्त सूचना अनुसार जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सो मेल प्रयोगमा ल्याइ रहनु भएको छ । जसपा नेपालको बारेमा कुनै पनि जानकारी गराउँदा उहाँले संघीय समाजवादी फोरम नेपालको मेल प्रयोग गरिरहनु भएको छ जबकी संघीय समाजवादी फोरम नेपालबाट समाजवादी पार्टी र समाजवादी पार्टीबाट जसपा गठन भएको दुई वर्षभन्दा बढी भइसक्यो तर अझै उहाँले मेललाई अध्यावधिक गर्न सकेका छैनन् ।



तपाईको प्रतिक्रिया