Khadya Bibhag

सीमावर्ती क्षेत्रमा तस्कारी (सम्पादकीय)

कोभिड–१९ महामारीका कारण नेपाल–भारत सीमा बन्द गरिएको थियो । सीमा नाका बन्द थियो । सर्वसाधारण तथा गाडीहरु आउजाउमा पुरै बन्देज लगाइएको थियो । सर्वसाधारणका लागि सीमा नाका बन्द भएपनि तस्करहरुका लागि खुल्ला थियो । कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण मानिसलाई हिडडुल तथा घरबाट समेत निस्कन दिइरहेको थिएन । पहिलो लकडाउनमा बन्द भएको सीमा नाका हालै मात्र खुलेको छ । नेपालका लागि विश्वका सबै नाका खुलेपनि नेपाल–भारतको नाका लामो समय बन्द रह्यो । नाका खुलाउनका लागि आन्दोलन पनि भयो तर एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकारले कुनै वास्ता गरेन ।

त्यसको मौकामा तस्कारी फस्टायो । हुन त त्यसअघि पनि तस्कारी नभएको होइन, तर कोरोनाका कारण गरिएको लकडाउनमा अलि बढी नै त्यो तस्करी फस्टायो । खुल्ला सीमा भएको कारणले भारतबाट मोटरसाइकल, ट्रयाक्टर, ट्रक तथा साइकलमा सीमा नाका हुँदै नेपाल प्रवेश गरेको देखिन्छ तर त्यही भएका प्रहरी प्रशासनले केही भन्दैन, यसबाट पुष्टी हुन्छ कि यसमा प्रहरी प्रशासनको मिलोमतो रहेको छ ।

लकडाउनमा सुरु भएको तस्करी (लुकीछिपी अनाधिकृत रुपमा भन्सार छलेर एक देशबाट समान ओहर दोहर गर्ने) लाई अझै निरन्तरता दिइरहेको देखिन्छ । यो विना सेटिङ्गले हुँदैन, प्रहरी प्रशासन र भन्सारको मिलोमतोमा समेत यसको खालको तस्कारी हुने गरेको स्थानीयहरु बताउँछन् । यसखालको तस्कारी अरु प्रदेशभन्दा बढी प्रदेश २ मा भइरहेको देखिन्छ । सप्तरीदेखि पर्सासम्मको सीमा नाकाबाट राती राती समान ओहर दोहोर भइरहेको दृश्य स्थानीय जनताहरु प्रत्यक्ष रुपमा हेरिरहेका हुन्छ । भारतबाट कपडा, इलेक्ट्री समान, गाडीका पार्टपुर्जा, खेलौना लगायतका समानहरु तस्कारी भइरहेका हुन्छन् । ,नेपालबाट इलाइची, मरिच, कराउ, छहोरा, मदिरा, सुपारी, पेट्रोलियम पदार्थलगातका वस्तु तस्कारी भइरहेका हुन्छन् ।

नेपालले भारतबाट पेट्रोलियम पदार्थ खरिद गरेपनि नेपालमा सस्तो छ र भारतमा महँगो छ । नेपालको सीमावर्ती क्षेत्रमा पेट्रोल प्रतिलिटर १२८ रुपियाँ र डिजेल प्रतिलिटर १११ रुपियाँमा विक्रि वितरण भइरहेको छ भने भारतमा डिजेल १३८ रुपियाँ पर्छ भने पेट्रोल १५८ रुपियाँ पर्छ । मूल्यमा यतिका फरक भएको कारणले सीमावर्ती क्षेत्रका तस्कार तथा प्रहरी प्रशासनका लागि कमाउने सबभन्दा ठूलो माध्यम बनेको छ । सीमा क्षेत्रका पेट्रोल पम्प भारतीय वजारको भरमा चलेको छ । उनीहरु नेपाली उपभोक्ता भन्दा भारतीयहरुको हातबाट बढी विक्रि गरेका छन् ।

नेपालमा विक्रि मूल्यभन्दा अहिले थोरै बढी लिएर भारतीयहरुलाई पेट्रोलियम पदार्थ बेचेका हुन्छन् । रातीराती ड्रमका ड्रम तेल ट्याक्टरमा ओसारेका त्यतिकै देख्न पाइन्छ । तर कसैले केही भन्न आँट गरिरहेका हुँदैन । भारतमा तेल भर्नका लागि बोर्डर क्षेत्रका पेट्रोल पम्पबाट निकै भिड हुन्छ । काम विशेषले नेपाल आएका भारतीय गाडीले नेपालबाट अनिवार्य रुपमा तेल भरेर फर्केका हुन्छन् । त्यसका साथ साना साना गेलनमा समेत डिजेल तथा पेट्रोल भारत लगेर बोतलमा राखेर पसल पसलमा बेच्ने गरेको भेटिन्छ ।

त्यस्तै, भारत विहारका सरकारले रक्सी बेचविखनमा बन्देज लगाइएको छ । विहारको बोर्डर साइडमा नेपालबाट तस्कार हुने वस्तुमा यो पनि पर्छ । जबदेखि भारतको विहारमा रक्सीमा बन्देज लगाइयो तबदेखि सीमावर्ती क्षेत्र नेपालमा छ्याप छ्याप्ती रक्सीका पसलहरु खुलेका छन् । साँझ पर्ने वित्तिकै भारत विहारका मान्छेहरु नेपाल छिर्छन् । नेपालमा रहेका रक्सी पसलमा पसेर रक्सी खान्छन् र लुकाई छिपाई भारत पनि लगेका हुन्छन् । विहारमा बेचबिखनमा बन्देज लगाए पनि लुकाई छिपाई विक्रि वितरण भइ नै रहेका छन् । र, ती सबै तस्कारीको माध्यमबाट मात्र सम्भव भइरहेको छ । यसमा भारत र नेपाल दुवैतर्फका प्रहरी प्रशासनको मिलोमतो छ भनि धेरैको बुझाई रहेको छ ।
भारतबाट तस्कारको माध्यमबाट आउने विभिन्न समानहरु सीमावर्ती क्षेत्रका ग्रमिण क्षेत्रमा लुकाएर राखेका हुन्छन् । र, त्यहाँबाट विस्तारै विस्तारै नेपालका मुख्य मुख्य शहरमा पठाइएका हुन्छन् । भारतबाट लुकाई छिपाई अर्थात भन्सार छली ल्याइएको समान काठमाडौसम्म पुगेका हुन्छन् । त्यसलाई नियन्त्रण गर्नुको सट्टा पैसा कमाउने धन्दामा तलदेखि माथिसम्म सबै लागेका देखिन्छन् । यसरी तस्कारी मौलाएको कारण सीमावर्ती क्षेत्रमा ड्युटी लिनका लागि प्रहरी प्रशासन तथा भन्सारका हाकीम सोर्स लगाएका हुन्छन् । नेपाल भारतको सीमावर्ती क्षेत्र खासगरी तराई मधेशमा जानका लागि हानाथाप गरेका हुन्छन् । राजस्व छलि अपराध नै हो । र, यो अपराधलाई रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया