Khadya Bibhag

सदस्यता वितरण अभियान बारामा

बारा पुस १० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सदस्यता बिरतरण अभियान अन्तर्गतर आज बारा परवानीपुर गापा को वार्ड नम्बर ३ लिपनीमालमा लोसपा नेपाल प्रदेस २ को अध्यक्ष एवं संसदीय दलका नेता जितेन्द्र सोनलले सदस्यता वितरण गर्नुभयो ।

सदस्यता वितरण अभियानमा सांसद एकबाल मियाँ पपरवानीपुर गाउँपालिका इकाई समितिका अध्यक्ष जगत नरायण महतो ,गापा अध्यक्ष हरिनारायण साह परवानीपुर गापा गाउँ कमिटि अध्यक्ष महेन्द्र यादव वार्ड न ३ का वार्डा अध्यक्ष अनिल राम, वाडा सदस्य हमिद मिया ,जिउत साह ,जयपति देवी यादव ,उमा देवी राम लगायतको उपस्थिति थियो ।

जसपा नेपालबाट अलग भएर लोसपा गठन भएपछि सो पार्टीले जिल्ला जिल्लामा सदस्यता वितरण अभियान तीब्र पारेको छ । सोही अन्तर्गत आज बारा जिल्लामा वितरण भएको हो ।

तपाईको प्रतिक्रिया