Khadya Bibhag

नेपाल–भारतको सम्बन्धलाई रंगिन बनाउँदै मिथिला यान आर्ट ग्यालरी

काठमाडौँ पुस १७ गते । नेपाल र मित्र राष्ट्र भारतको सम्बन्ध परापूर्वक कालदेखि नै रही आएको छ । यस सम्बन्धभित्र धार्मिक, साँस्कृतिक, व्यापारिक, वैचारिक र नातागत सम्बन्धहरु विधमान रही आएका छन् । मिथिला यान आर्ट ग्यालरीका सञ्चालक एवं वरिष्ठ कलाकार श्यामसुन्दर यादवले भन्नुभयो, खुल्ला सिमाना भएकोले एक राष्ट्रबाट अर्को राष्ट्रमा आवत–जावत गर्ने प्रचलनका बावजुद हाम्रो सम्बन्ध रोटीबेटीको रही आएको छ र सम्बन्धकै सवालमा हाम्रा दुई राष्ट्रको सांस्कृति, धार्मिक र प्रायः कलाको पक्षहरु समान रहेका छन् ।’


वास्तवमा दुई देश बीचको आधुनिक कलाहरु प्रायः छुट्याउन अवस्थामा छैन । अवस्थाको हँुदैन किनकी नेपालमा आधुनिक कला बनाउने क्रमको विकासमा, सुरुवाती कालमा त्यहीँको कला प्रभाव परेको देखिन्छ । सुरुका समयमा नेपालबाट कलाकारहरु भारतमा गई अध्ययन गरी नेपाल फर्केर आउने गर्दथे । त्यसताकाका कलाकारहरु त्यहाबाट सिप सिकेर, अध्ययन गरेर आएपछि नै नेपालमा आधुनिक कला सिर्जना गर्ने क्रमको थालनी र विकास द्रुत गतिमा हुन थालेको हो । यसरी दुई देशको कलामय सम्बन्धले मित्र राष्ट्रबीचको दौत्य सम्बन्धलाई झन पारिलो बनाएको छ । प्रगाढता थपेको छ भन्दा अत्युक्ति नहोला ।

सम्बन्धलाई कसिलो बनाउने सन्दर्भमा नेपालमा स्थापित रहेको सक्रिय ग्यालरी मिथिला यान आर्ट ग्यालरीको भूमिका उल्लेख रहेको सञ्चालक यादवले बताउनुभयो । कला प्रदर्शनी, कला कार्यशाला एंव कलाका विविध गतिविधीहरुमा आफ्नो स्थापना कालदेखि नै यो ग्यालरीले क्रियाशिल रुपमा आफ्नो उपस्थिती जनाउँदै आएको उहाँले बताउनुभयो ।
यो ग्यालरीले स्वदेश तथा विदेशका सयौं कलाकारहरुका साथमा संयुक्त एवम् एकल कला प्रदर्शनी र कला कार्याशालाको आयोजना गरिसकेको छ । नेपाल, भारत, बंगलादेश, कोरियालगायत थुप्रै देशका कलाकारहरुले यस ग्यालरीमा प्रदर्शनी गरिसकेका छन् भने विभिन्न देश बीचको संयुक्त प्रदर्शनी एवं कला कार्यशाला भइसकेको छ ।

यसै सन्दर्भमा नेपाल भारतको परम्परागत सम्बन्धलाई कलाको माध्यम हेतु पारिलो पार्ने क्रममा गत पौष १३ गते मंगलबारको दिन मिथिला यान ग्यालरीले भारत र नेपालका कलाकारहरुको संयुक्त कला प्रदर्शनी र रंगोली–२ कार्यक्रम सम्पन्न ग¥यो । जसमा भारतका प्रियान्सी सोनी, रेबिका शाक्य, मनिसा टाईगर, मिनाक्षी दुबे, कोमल मनिक पुरी, रेणु यादव, विपिन भगत, फरान अली, राकेश साहु, शेखर किरसागर, अरबिन्द प्रजापती, पवन कुशवाह, अवनिश विश्वकर्मा, दिब्या देवानगन, यासिका चौधरी, प्रिया चान्दवानी आदि हुनुहुन्थ्यो ।

यसै गरी रंगोली–२ को कला कार्यशालामा भारतबाट आएका कलाकार शिवारंगले आफ्नो रंगोली प्रतिभा प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालकी चर्चित सिनेकर्मी नायिका स्वस्तिका खड्काको पोट्रेट अर्थात् मुहार चित्रको सिर्जना गर्नुभएको थियो । स्वयं स्वस्तिकाको उपस्थितीका बनाईएको मुहार चित्र उत्कृष्ट बनेको थियो । कलाकार शिवारंग भारतका एक चर्चित रंगोली कलाकार हुनुहुन्छ । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत थुप्रै विशिष्ठ व्यक्तिहरुका धुलो रंग छर्केर चित्र बनाउनु भएको थियो ।


सो कला प्रदर्शनीको उद्घाटन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति केके कर्माचार्यले गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथि वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य रहनु भएको थियो भने अतिथिका रुपमा कलाकार, कला समीक्षक तीर्थ निरौलाले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया