दलितका लागि छुट्टै निर्वाचन क्षेत्र हुनुपर्छ–उपेन्द्र यादव

जनकपुर पुस १८ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित समुदायको लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने बताउनु भएको छ । समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलालाई शनिवार सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको निर्वाचन प्रणालीमा दलित समुदायले निर्वाचन जित्न सक्ने अवस्था नरहेकोले छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने बताउनुभयो ।

दलित समुदायको उत्थान र सबै क्षेत्रमा पहुँचका लागि राजनीतिमा सहभागिता आवश्यक रहेको बताउँदै उहाँले यसका लागि जसपा नेपाल दलित समुदायलाई राजनीतिमा अगाडि बढाउन तयार रहेको बताउनुभयो । दलित समुदायलाई शिक्षा र रोजगारी दिनु राज्यको दायित्व रहेको बताउँदै उहाँले छ । दलित समुदायमा सबभन्दा बढी महिला हिंसा भएको र असुरक्षितसमेत महसुस गरिरहेको अवस्थामा राज्यले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया