रौतहटमा मन्त्री यादवले दिनुभएको अभिव्यक्तिको कारण यस्तो रहेछ (विज्ञप्तिसहित)

काठमाडौँ माघ ९ गते । जनता समाजवादी पार्टी मधेश प्रदेश समितिले सिके राउत नेतृत्वको जनमत पार्टीले अलोकतान्त्रिक एवं गैर राजनीतिक आचरण देखाई भ्रम सृजना गरेको भन्दै त्यसपछि आपत्ति जनाएको छ ।

जसपा मधेश प्रदेश समितिले शनिवार एक विज्ञप्ति जारी गरी माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा जसपाका नेतृ एव भौतिक मन्त्री रेणु यादवले दिएको अभिव्यक्तिलाइ आतिरञ्जित बनाई दुष्प्रचार गरिरहेको कार्य प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, समाजवादी पार्टी युवा संघले आयोजना गरेको बलिदानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्न जाादै गर्दा जनमत पार्टीका कार्यकर्ताहरुले लाठी, फटा बोकेर उत्तेजक नारावाजी गर्दै आक्रमण गर्न खोज्नुले हिंसात्मक मुठभेडको अवस्था निमत्याउने मनसाय रहेको प्रष्ट हुन्छ ।’

सिके राउतका कार्यकर्ताहरुले देखाएको गैरराजनीतिक क्रियाकलापलाई लक्षित गरी मधेशी सहिदहरुको स्मृतिमा आयोजित कार्यक्रमप्रति सहानुभूति देखाउनुको साटो सिके राउतका कार्यकर्ताहरुले देखाएको हिंसात्मक गतिविधि मन्त्री यादवले चेतावनी स्वरुप सचेत गराउन खोजेको विषयलाई अतिरञ्जित पारेर मन्त्री र पार्टीलाई बदनाम गराउने दुष्प्रयास गरेको प्रति जसपा मधेशी प्रदेश कमितिका अध्यक्ष रामबाबु यादवले आपत्ति जनाएको छ ।

तपाईको प्रतिक्रिया