Khadya Bibhag

मन्त्री रेणु यादवले भन्नुभयो, ‘मेरो अभिव्यक्ति कसैप्रति लक्षित थिएन’ (विज्ञप्तिसहित)

काठमाडौँ माघ १० गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादवले माघ ५ गते रौतहटमा दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा नहुने दिने मनसायले बोलेको बताउनुभयो ।

सो अभिव्यक्तिलाई लिएर पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उहाँले आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताउनु भएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी सो अभिव्यक्तिलाई अत्तिरञ्चित नगरिदिन समेत आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।’

नेपालमा संघीयता, लोकतान्त्रिक–गणतन्त्र, समावेशी लोकतन्त्रका लागि मधेश जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहूति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ को रुपमा मनाउँदै आएको उल्लेख गर्दै मन्त्री यादवले जसपाको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको र सो कार्यक्रममा कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने सो अभिव्यक्ति दिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया