Khadya Bibhag

एउटा चलाउन नसक्ने अनि अर्कोमा लोभ गर्ने !

नेपालमा निर्वाचन चर्चा सुरु भएसँग त्यसको लागि समाग्रीहरु कहाँबाट कसरी जोहो गर्ने चिन्ता निर्वाचन आयोगसँग सुरु भएको छ । चुनावका लागि चाहिने मतमेटिकादेखि लिएर मसीसम्म, गाडीदेखि लिएर भोटिङ मेसिनसम्म, यहाँसम्म कि ल्यापटप, कम्प्युटरसम्मका समाग्रीका लागि आयोगले अर्काको मुख नै ताकेको हुन्छ । अब लगातार हुने तीनै तहको चुनावका लागि निर्वाचन आयोग तयारीमा लागेको छ । त्यसका लागि चाहिने गाडीका लागि फेरि भारतलाई गुहार्ने भएको छ । यसअघिको स्थानयि चुनाव (२०७४) मा भारतले ८६ वटा गाडी दिएको थियो ।

तत्कालिन गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएको बेला चुनावका लागि एकहजार गाडी अरु समाग्रीहरु माग गर्नुभएको थियो । भारतको प्रतिवद्धता अनुसार भारतले ८६ वटा गाडी उपलब्ध गराएको थियो । संविधान संशोधन नगरेसम्म चुनावमा भारतले सहयोग नगर्ने आशंका भइरहेको थियो तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर नेपालमा हुने चुनावमा भारतको पुरा सहयोग रहने जानकारी दिनुभएको थियो । त्यसपछि मात्र भारतप्रति नेपाल ढुक्क भएको थियो ।

स्रोतका अनुसार आयोगले यसपटक पनि परराष्ट्र मन्त्रालयमार्फत भारतसँग गाडी मागेको छ तर कति गाडी मागेको छ त्यो खुलेको छैन । तर यसपटक सहयोग गर्ने कि नगर्ने विषयमा अन्योल छ । नेपालस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार निर्वाचनमा सहयोग गर्ने कि नगर्ने विषयमा अहिले भारत सरकारले केही सोचेको छैन तर नेपालको राजनीतिक अवस्था र यहाँको गतिविधि हेर्दा भारतले सहयोग गर्ला भने लाग्दैन । नेपालमा पछिल्लो समय चीनको गतिविधि तीब्र रुपमा बढेको छ । भारतले सञ्चालन गरेको प्रोजेक्टहरु धमाधम क्यान्सिल भइरहेका छन् भने चीनको कामहरु अगाडि बढी रहेका छन् । त्यसले गर्दा भारत बिच्किएको छ । नेपालमा भारतको लगानी र विकास निर्माणका काम सबैभन्दा बढी थियो तर अहिले चीन अगाडी छ ।

चीनसँग कस्तो सम्बन्ध रहने बारेमा नेपालले भारतलाई विश्वस्त बनाउन सकेको छैन । त्यही कारणले पछिल्लो समय भारतले नेपाललाई सहयोग गर्नमा कन्जुस्याई गरिरहेको छ । त्यही भएर अगामी चुनावमा सहयोग गर्छ भने कुराको कुनै ग्यारेण्टी छैन । यसअघि भारतले नेपाललाई दिएको भोटिङ मेसिन निर्वाचन आयोगको कार्यालयमा त्यतिकै थन्किएको छ । मेसिनमा एउटा डिफेक्ट देखाएर त्यसलाई प्रयोग विहिन बनाएर राखेको छ । दिएको कुरालाई प्रयोगमा ल्याइरहेको छैन र अर्को थोक माग्न थालेकोमा भारतलाई चित्त बुझेको छैन ।

तपाईको प्रतिक्रिया