Khadya Bibhag

सिके राउतलाई टेकेर मधेश छिर्ने ओलीको दाउ

सिके राउत नेतृत्वको जनमत पार्टीले दुई महिनादेखि तराई मधेशका विभिन्न जिल्लामा आन्दोलन गरिरहेको छ । किसानको नाममा भइरहेको सो आन्दोलनलाई केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको पनि समर्थन रहेको विभिन्न तथ्यले पुष्टि गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आन्दोलनमा जिल्ला जिल्लामा एमालेका युवाहरुको पनि सहभागिता पाइएको छ ।

जनमत पार्टीको ब्यानरमा भइरहेको आन्दोलनमा कतैकतै एमालेका नेताहरुको भौतिक उपस्थिति देखिनुमा यसलाई अर्थपूर्ण रुपमा लिइएको जानकारहरु बताउँछन् । सप्तरी, सिरहा र रौतहट जिल्लामा भइरहेको आन्दोलनमा एमालेका कतिपय युवाहरु प्रत्यक्ष रुपमा सहभागी भएको भेटिएको छ । स्रोतका अनुसार एमालेका भातृ संगठन युवा संघले नै आन्तरिक सर्कुलर गरेर नै जनमत पार्टीको आन्दोलनलाई सहयोग गर्न भनेको छ । आन्दोलनमा चिनिएका तथा चर्चित नेताहरुको सहभागी देखिएको छैन तर गाउँघरमा रहेका एमाले समर्थक नेता तथा कार्यकर्तालाई आन्दोलनमा सहभागी गराइएको छ ।

तराई मधेशमा एमाले साह्रै कमजोर छ । एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनेपछि ओली नेतृत्वको एमाले झनै कमजोर भएको छ । बरु एमालेभन्दा नेकपा एकीकृत समाजवादी पार्टी बलियो देखिएको छ ।

पछिल्लो समय विभिन्न जिल्लामा युवा संघको ब्यानरमा नै एमालेका नेताहरु सडकमा देखिएका छन् । र, यो क्रम विस्तारै बढ्दै गइरहेको छ । एमालेका मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवले विज्ञप्ति निकालेर नै आन्दोलनप्रति समर्थन जनाउनु भएको छ । रामऔतार यादव सिरहा सुखिपुर नगरपालिकाका मेयर पनि हुनुहुन्छ । जनमत पार्टीको आन्दोलनमा एमालेको समर्थन छ त भनि जिज्ञासामा अध्यक्ष यादवले भन्नुभयो, ‘सबैतिर त छैन तर जहाँजहाँ एमालेसँगदज मुद्दा मिल्छ, त्यहाँ त्यहाँ हाम्रो समर्थन हुन्छ ।’ जनमत पार्टीले उठाएको किसानको माग जायज रहेको छ, त्यही भएर त्यसमा आफूहरुको समर्थन रहेको उहाँले बताउनुभयो ।


जनमत पार्टीको आन्दोलनलाई समर्थन गर्न केन्द्रबाट सर्कुलर गरेको कुरा आफ्नो जानकारीमा छैन, उहाँले भन्नुभयो, केन्द्रले नै जनमत पार्टीको आन्दोलनलाई समर्थन गर्नुस् भन्छ जस्तो मलाई लाग्दैन, यसको बारेमा गलत प्रचार भइरहेको छ, जिल्ला तहमा, स्थानीय तहमा कसैलाई समर्थन गर्न मन लागेका छन् त्यसले गरिरहेका छन् ।’ पछिल्लो समय जनमत पार्टीको आन्दोलन अराजक तथा उत्शृङ्खलित हुँदै गइरहेको छ, यो कारणले अब समर्थन गर्ने कि नगर्ने विषयमा आफूहरु सोच्न बाध्य भएको उहाँले बताउनुभयो ।

धनुषामा रहेका एमालेका एक नेताका अनुसार आन्दोलनमा सहयोग गर्न जनमत पार्टीका अध्यक्ष सिके राउतले नै एमालेका ओलीसँग आग्रह गर्नुभएको थियो । पुसको तेस्रो हप्ता काठमाडौं गएर एमालेका अध्यक्ष ओलीलाई बालकोटमा भेट्नु भएको र त्यो भेटघाट गराउनमा मधेशकै एकजना पत्रकारले भूमिका खेलेको ती नेताको दावी छ । तर त्यो पत्रकार को हुन् त्यसको नाम बताउन उहाँले चाहनु भएन । यसअघि पनि सिके राउतले पटक पटक आन्दोलन गर्नुभएको हो तर कहिले यत्रो लामो समय टिक्नु भएको थिएन । अनसन बस्दा होस् या कुनै आन्दोलन गर्दा होस् सरकारसँग वार्ता गरेर वा त्यतिकै आन्दोलनलाई अन्त्य उहाँले गर्नु हुन्थ्यो तर यसपटक एमालेको समर्थन रहेको कारण यो आन्दोलन लामो समय चलिरहेको छ र अझै केही दिन चल्ने ती नेताले बताउनुभयो ।

कुनै एमालेका नेतालाई जनमत पार्टीको आन्दोलनलाई सहयोग गरौं जस्तो लाग्यो भने आफूहरुले रोक्न नसक्ने बताउँदै उहाँले विज्ञप्ति जारी गरेर विभिन्न व्यक्ति तथा संघ संस्थाले आन्दोलनलाई समर्थन जनाएको छ

तर जनमत पार्टीका प्रवक्ता मो.अब्दुल खानले आफूहरुको आन्दोलनमा एमालेको कुनै साथ सहयोग नरहेको दावी गर्नुभयो । आन्दोलनको बारेमा एमालेका कुनै पनि नेतासँग नभेटघाट छ न कुनै छलफल छ, उहाँले भन्नुभयो, एमालेका युवा संघले गरेको आन्दोलन उनीहरुको आफ्नो आन्दोलन हो, त्यो आन्दोलनसँग जनमत पार्टीको कुनै सम्बन्ध छैन ।’ कुनै एमालेका नेतालाई जनमत पार्टीको आन्दोलनलाई सहयोग गरौं जस्तो लाग्यो भने आफूहरुले रोक्न नसक्ने बताउँदै उहाँले विज्ञप्ति जारी गरेर विभिन्न व्यक्ति तथा संघ संस्थाले आन्दोलनलाई समर्थन जनाएको छ त्यसका लागि जनमत पार्टीले धन्यवाद पनि दिएको बताउनुभयो । तर जजसले समर्थन गरेका छन्, उनीहरुलाई आफूहरुले समर्थन गर भन्नका लागि नगएको, उनीहरु आफै समर्थन गरेको उहाँले दावी गर्नुभयो ।

एमालेले साथ नदिएको भए राज्यले उहिले नै तह लगाई सकेको हुन्थ्यो । यो आन्दोलनमा एमालेको भौतिक, नैतिक, आर्थिक सबैखालको सहयोग छ । र राज्यले पनि यो कुरा थाह पाइसकेको छ । राज्य संयन्त्रबाट एकएक रिपार्ट सरकारलाई गइरहेका छन् । सिके राउतलाई ओलीको समर्थन छ भने कुरा राज्यबाट लुकेको विषय होइन । यस्तै यस्तै समयमा प्रयोग गर्नका लागि अध्यक्ष ओलीले सिके राउतलाई मुलधारको राजनीतिमा ल्याउनु भएको हो । यसअघि केपी अ‍ोलीकै नेतृत्वमा सरकार थियो । त्यो सरकारको पालामा पनि मलको हाहाकार थियो । किसानले मल, बीउ, सिँचाई पाइरहेको थिएन । तर एकदिन पनि त्यसको बारेमा अवाज उठाउनु भएन ।

यहाँसम्म कि सिके राउतले एमालेको कुनै पनि गतिवधिको विरोध गर्नुहुन्न । आफ्नो मन्तव्यमा शेरबहादुर देउवा, प्रचण्ड, उपेन्द्र, महन्थ, राजेन्द्रको नाम लिएपनि ओलीको नाम कहिले लिनुहुन्न । ओलीको विरोध कहिले गर्नुहुन्न किनभने उहाँ दुवैजनाको पार्टी फरक फरक भएपनि मिसन एउटै हो । र त्यो मिसनको एउटा मोहरा सिके राउत रहेको कतिपयको बुझाई रहेको छ ।

तराई मधेशमा एमाले साह्रै कमजोर छ । एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनेपछि ओली नेतृत्वको एमाले झनै कमजोर भएको छ । बरु एमालेभन्दा नेकपा एकीकृत समाजवादी पार्टी बलियो देखिएको छ । चुनावमा मधेश एउटा ठूलो फ्याक्टर हो । मधेशमा जुन दल बलियो हुन्छ, त्यो दल नै संसदमा बलियो हुने निश्चित छ । र यसअघिको संसदीय गणितले त्यो कुराको पुष्टि गरिसकेको छ । तर हालसम्म ओलीप्रति मधेश सकारात्मक हुन सकेको छैन । मधेश आन्दोलनको क्रममा ओलीले मधेश र मधेशी जनताप्रति प्रयोग गर्नुभएको शब्द र आलोचनाहरु मधेशी जनताको मानसपटलबाट अझै गएको छैन ।

ओलीले ती कुराहरु मधेशीको मानसपटलबाट पटक पटक हटाउने प्रयास गर्नुभयो तर सक्नुभएन । अहिले पनि ओली मधेशमा खुलेर बोल्न सक्नु हुन्न । मधेशमा हुने कार्यक्रमहरुमा त्यति जाने इच्छा उहाँले देखाउनु हुन्न किनभने उहाँको संगठन नै छैन । कहि कतै छ भने त्यहाँ विरोध हुने डरले त्यहाँ जान चाहनु हुन्न । मधेशमा आफ्नो स्पेश बनाउनका लागि अध्यक्ष ओलीले सिके राउतलाई प्रयोग गर्नुभएको छ । अन्तत चुनावी गठबन्धन जनमतसँग गर्ने नै भयो । र, त्यसअघि उसले सिके राउतलाई प्रयोग गरेर मधेश केन्द्रीत दलहरुलाई कमजोर गरेर त्यहाँका माहोल आफ्नो पक्षमा पार्ने रणनीतिमा हुनुहुन्छ ।

मधेशवादी दलको मत कम हुनु भनेको एमालेको मत बढ्नु हो । जनमत पार्टीको मत बढ्नु हो । चुनावमा काँग्रेस, जसपा र माओवादी केन्द्रको गठबन्धन हुन्छ । जनमतको आन्दोलनका कारण बिच्किएका मतदाताहरु गठबन्धनमा रहेका दललाई मत नदिएर एमाले र जनमत पार्टीलाई मात्र दिन्छ भनि बुझाई केपी शर्मा अ‍ोलीको रहेको छ । त्यही भएर सिके राउतलाई प्रयोग गरेर मधेशमा आन्दोलनलाई सशक्त बनाउन चाहनु भएको छ । विस्तारै आन्दोलनले रुप लिँदै गएपछि त्यसलाई एमालेले आफ्नो पक्षमा तान्ने प्रयास गर्नेछ । अर्थात त्यो आन्दोलनको नेतृत्व एमालेले नै गर्न थाल्छ ।

र आन्दोलन ओलीको कब्जामा हुन्छ र सिके राउत पछाडी पर्नुहुनेछ । अन्ततः चुनावमा जनमतसँग गठबन्धन बनाएर जाने एमालेको दाउ रहेको छ । अगामी चुनावमा एमालेसँग गठबन्धन हुन्छ कि हुँदैन भनि जिज्ञासामा प्रवक्ता खानले गठबन्धनको सम्भावना रहेको प्रतिकृया दिनुभयो । एजेण्डा र विचार मिलेपछि चुनावमा गठबन्धन बन्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया