बालुवाटारमा सक्यो एमाले र काँग्रेसका छलफल, गठबन्धन तोड्यो भने एमालेले एमसीसीमा सहमति जनाउने

काठमाडौँ फागुन १२ गते । एमसीसीलगायतको विषयमा नेपाली काँग्रेस र नेकपा एमालेबीच आज बालुवाटारमा छलफल भएको हो । छलफल भर्खर सकिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार छलफल सौहद्र रुपमा अगाडि बढेपनि कुनै सहमति भएको छैन ।

काँग्रेसले गठबन्धन तोड्छ कि तोड्दैन अझै स्पष्ट भएको छैन, यसमा काँग्रेसले एमालेलाई फँसाउन खोजिएको जस्तो देखिएको छ, ती नेताले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, काँग्रेस स्पष्ट भएर आउनुपर्छ त्यो कुराको अभाव देखिएको छ ।’ छलफललाई निरन्तरता दिने भनिएको छ । एमालेका ती नेताले भन्नुभयो, ‘काँग्रेसले गठबन्धन तोडेर अगाडि बढे हामी एमसीसी पास गर्नमा सघाउँछौं तर त्यसका लागि काँग्रेसले आँट गर्नुपर्छ ।’

एमालेले ससदमा जेजे माग राखेर आन्दोलन गरिरहेको थियो, ती माग पुरा हुन्छ कि हुँदैन त्यो कुरा पनि बैठकमा स्पष्ट रुपमा नआएको बताइएको छ । प्रधानमन्त्री समेत रहनु भएका काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित गराउन सहयोग गर्नस् त्यसपछि के के गर्नुपर्छ मिलेर गर्ने भन्दा एमाले त्यसमा कन्भिन्स हुन नसकेको ती नेताले बताउनुभयो ।

तपाईको प्रतिक्रिया