काठमाडौँ फागुन १२ गते । आझ अबेरसम्म बालुवाटारमा काँग्रेस र एमालेबीच छलफल भएको छ । सो छलफल सकारात्मक देखेपछि थप छलफलका लागि एमालेको शीर्ष नेताको बैठक एमालेका अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा सुरु भएको छ ।
काँग्रेसले गठबन्धन छाड्ने संकेत देखाएपछि एमालेले त्यसपछि कस्तो रणनीति अपनाउने, एमसीसीमा समर्थन गर्ने कि नगर्ने विषयमा छलफल चलिरहेको बालकोट स्रोतले जनाएको छ । एमालेका अध्यक्ष ओलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एकपटक छलफल गर्नुभएको थियो । सोही छलफलको समिक्षा गर्दै केही ठोस निर्णयका लागि अहिले यतिखेर बालुवाटारमा बैठक बसेको हो ।


तपाईको प्रतिक्रिया