काठमाडौँ फागुन १३ गते । एमसीसीको विषयमा छलफल गर्न बोलाइएको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित भएको छ । सरकारको आग्रहमा सूचना टाँसेर दुई दिनका लागि बैठक स्थगित गरिएको छ ।
हिजोको बैठक पनि सरकारको आग्रहमै बैठक स्थगित गरिएको थियो । एमसीसीको विषयमा दलहरुको बीचमा सहमति नजुटेको कारण सरकारको आग्रहमा बैठक स्थगित गरिएको हो । काँग्रेस–एमाले गठबन्धन बनाउने प्रयास भइरहेको छ ।
हिजोदेखि काँग्रेस र एमालेबीच पटक पटक छलफल भएको हो । काँग्रेसले एमसीसी पास गराउनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेको छ भने एमालेले गठबन्धन भत्काउन, सभामुख हटाउन सर्त अघि सारेको छ । आफूहरुको माग पुरा भएपछि मात्र एमसीसीमा समर्थन जनाउने एमालेका नेताहरुले भनिसकेको छ ।
एमालेको यो सर्तप्रति काँग्रेस पनि सकारात्मक रहेका छन् । आज ती दुई दलको बीचमा पनि कुरा हुने भएको छ । यता, माओवादी केन्द्रले गठबन्धन जोगाउनका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया