Khadya Bibhag

तीन कलष्टरको नाममा चतुरहरुको हालीमुहाली (फरकमत)

मधेशका टाठा बाठाहरुले मधेशी एउटै कलष्टर हो भनेर राज्यका हरेक निकायमा हालीमुहाली गरिरहेका छन् । जसले यो देशमा तीनवटा कलष्टर मात्रै छन् भन्छन् त्यसले त्यसभित्र रहेका अन्य समुदाय तथा जातजातीको हक खोसेर खाने र उनीहरुमाथि शोषण, दमन गर्ने काम गरेका छन् ।

 

–उपेन्द्र यादव
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुपहिचान भएको मुलुक हो । यहाँ प्रश्न उठ्छ कि समाजिक समूह अर्थात सोशल कलष्टर के को आधारमा लिने । नेपालको संविधानमा समाजिक समूह भनेर दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसँख्यक, सीमान्तकृत उल्लेख गरिएको छ । जनगणनाको प्रतिवेदनले पनि एथनिक र कास्ट ग्रुप भनेर छुट्याइएको छ ।

त्यसमा तराईको आदिवासी जनजाति र पर्वतको आदिवासी जनजाति भनेर छुट्याइएको छ । दलितको पनि कलष्टर छुट्याइएको छ । त्यहाँ पनि पहाडी दलित र मधेशी दलित भनि छुट्याइएको छ । पहाडमा बाहुन भनेर छुट्याइएको छ भने तराई मधेशमा जात भनेर छुट्याइएको छ । अर्को कलष्टरमा थारुलाई राखिएको छ । मुस्लिमलाई पनि अर्को कलष्टरमा राखिएको छ । यसरी हेर्दा विभिन्न आठवटा कलष्टर जनगणनाको प्रतिवेदनमा पनि उल्लेख गरिएको छ । संविधानले पनि सात–आठवटा कलष्टरको कुरा गरेको छ ।

पार्टीको विधानले पनि मधेशी, आदिवासी जनजाति, खस, थारु, दलित, शिल्पी, पिछडा वर्ग अल्पसँख्यक समूहको व्यवस्था गरेको छ । यसरी हेर्दा नेपालमा खस आर्य, मधेशी, आदिवासी जनजाति मात्र समाजिक कलष्टर होइन ।

हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपालको कुरा गर्ने हो भने पार्टीको घोषणापत्रमा मधेशी, आदिवासी जनजाति, दलित, शिल्पी, महिला, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसँख्यक लगायतको कलष्टरको कुरा गरिएको छ । पार्टीको विधानले पनि मधेशी, आदिवासी जनजाति, खस, थारु, दलित, शिल्पी, पिछडा वर्ग अल्पसँख्यक समूहको व्यवस्था गरेको छ । यसरी हेर्दा नेपालमा खस आर्य, मधेशी, आदिवासी जनजाति मात्र समाजिक कलष्टर होइन । धेरैवटा कलष्टर छन् । मधेशी समुदायमा पनि धरै कलष्टर छन् । मेधशमा बस्नेलाई मधेशी भनिएको हो । मधेशी कुनै जाति होइन । मधेशभित्र मुस्लिमको छुट्टै कलष्टर छ, थारुको छुट्टै कलष्टर छ, आदिवासी जनजातिको छुट्टै कलष्टर छ, महिलाको छुट्टै कलष्टर छ ।

मधेशमा विभिन्न भाषिक समुदाय छन् । त्यहाँ विभिन्न जातिय समुदाय छन् । अनि मधेशी मात्र एउटा कलष्टर किन हुनसक्छ ? खस आर्यकै कुरा गर्ने हो भने खस क्षेत्रीहरु आफूलाई अलग कलष्टर मान्छन् । उनीहरुले आफूहरुलाई खस आर्य जवर्जस्ती बनाइएको हो भन्ने गरेका छन् । त्यहाँ पनि ब्राहमण र क्षेत्री अलग अलग कलष्टर छन् । आदिवासी जनजातिभित्र पनि थुप्रै कलष्टरहरु छन् । आदिवासी जनजाति एउटा सामूहिक शब्द हो । त्यो भित्र किराँतको अलगै कलष्टर छ । राई, लिम्बुको अलगै कलष्ट छन् । काठमाडौँको नेवारको आफ्नै भाषा, आफ्नै सँस्कृति छ, उसको पनि आफ्नै कलष्टर छ । त्यस्तै तमाङ्को पनि आफ्नै कलष्टर छ । शेर्पाको पनि आफ्नै कलष्टर छ । त्यसैगरि, गुरुङ र मगरको आफ्नै कलष्टर छ ।

त्यो भन्दा पश्चिम तिर जाने हो भने कर्णालीतिर खस आर्यको सभ्यता छ । सिंजालीहरुको सभ्यता छ । त्यतातिर आफ्नै भेषभुषा तथा रहनसहन छन् । यतिका कलष्टरहरु भएको ठाउँमा तीनवटा कलष्टर मात्र छन् भन्ने आधार के हो ? त्यसको कुनै वैज्ञानिक तथा समाजशास्त्रको आधार छैन । यो कुनै संविधानमा उल्लेख भएका कुरा पनि होइन । त्यसको नीतिगत आधार पनि छैन । यसरी हेर्दा यसमा पनि षड्यन्त्र भएको देखिन्छ । खस आर्यको नाममा जुन खस क्षेत्रीहरु छन्, जसले आफूलाई आदिवासी, मुलवासी भनिरहेका छन् उनीहरु उत्पीडनमा पर्नु, फेरि त्यहीभित्र रहेका दलितहरु उत्पीडनमा पर्नु र एउटा चतुर चलाख वर्गले सबैमा हालीमुहाली गर्नु नै एउटा षड्यन्त्र हो ।

यो षड्यन्त्र हो कि जस्तो लाग्छ । मधेशीलाई मात्र कलष्टर भन्ने हो भने त्यहाँभित्र रहेको मधेशी दलित कहाँ जाने, मधेशमा रहेका आदिवासी जनजातिहरु कहाँ जाने, मधेशका मुसलमानहरु कहाँ जाने, थारुहरु कहाँ जाने ? यसरी मधेशका टाठा बाठाहरुले मधेशी एउटै कलष्टर हो भनेर राज्यका हरेक निकायमा हालीमुहाली गरिरहेका छन् । जसले यो देशमा तीनवटा कलष्टर मात्रै छन् भन्छन् त्यसले त्यसभित्र रहेका अन्य समुदाय तथा जातजातीको हक खोसेर खाने र उनीहरुमाथि शोषण, दमन गर्ने काम गरेका छन् ।

तीन कलष्टरको कुरा गर्नु समाजवाद विपरित हो । समाजिक न्यायको दृष्टिकोणले पनि यो गलत हो । कलष्टरको नाममा दलित दलितै रहने र उच्चजातका मान्छे झन माथिसम्म जाने त्यही भएर एउटै कलष्टर भनेर हुँदैन । यदि एउटै कलष्टरबाट सबैको अधिकार सुनिश्चित हुन्थ्यो भने आज दलितको अवस्था किन यस्तो छ त ? दलितहरुलाई अमानवीय जीवन किन बाँच्नु परेको छ त ? दलितको जनसँखया १३–१४ प्रतिशत भएपनि शासन प्रशासनमा ०.१ प्रतिशत मात्र किन सहभागिता छन् ? त्यो किन हुन नसकेको हो भने यस्तै चतुराइका कारण दलितलगायतका अन्य समुदाय तल थिचिएको थिचियै छन् ।

खस आर्यको नाममा जुन खस क्षेत्रीहरु छन्, जसले आफूलाई आदिवासी, मुलवासी भनिरहेका छन् उनीहरु उत्पीडनमा पर्नु, फेरि त्यहीभित्र रहेका दलितहरु उत्पीडनमा पर्नु र एउटा चतुर चलाख वर्गले सबैमा हालीमुहाली गर्नु नै एउटा षड्यन्त्र हो ।

यो भावनाले समावेशी लोकतन्त्र, सामानता, समाजिक न्याय र समाजवादको विपरित काम भइरहेको छ । समाजलाई मुक्ति दिलाउने काम यो तीन कलष्टरले गर्न सक्दैन । त्यसले झन शोषित र पिडित बनाई राख्छ । अन्यायलाई झन निरन्तरता दिने काम हुन्छ । यसखालको कलष्टरलाई भारतमा राममनोहर लोहियाले स्विकार गर्नुभएन । भिमराव अम्वेडकरले पनि विरोध गर्नुभयो । भारतमा दलित, पिछडिएकाहरुको छुट्टा छुट्टै कलष्टर बनाइएको छ । नेपालमा पनि यति धेरै कलष्टर छन्, ती सबैको आफ्नै पहिचान छन्, आआप्mन भेषभुषा छन्, आआफ्ना सँस्कृति छन्, आफ्नै रहन सहन छन्, आफ्नै इतिहास छ । त्यसका राष्ट्रिय पहिचानलाई मान्यता दिएर सामानताका आधारमा राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ ।

खस आर्यमा आर्य अर्कै चिज हो र खस अर्कै चिज हो । आर्य रेस हो । मुस्लिम पनि आर्य रेसको छ । मधेशमा पनि ठूलो सँख्यामा आर्य छन् । पहाडमा पनि क्षेत्री वाहुन आर्य छन् । पाकिस्तानीहरु पनि आर्य हुन् । इरानमा पनि आर्य छन् । खस भनेको त खासगरी खस सम्राज्य अशोक चल्ल, नागराजलगायतले जुन स्थापित गरेका राज्यहरु थिए, त्यहाँ बासोवास गर्नेहरुको आफ्नै किसिमको भेषभुषा, सँस्कृति, धर्म रहेका छन् । तर जर्मनीहरु आफूलाई खस भन्दैनन् नि । मधेशीहरु आफूलाई खस भन्दैनन् नि तर आर्य त हुन् । खस आर्यलाई पनि यो पनि गलत तरिकाले जोडिएको छ ।

खस आर्य भन्नाले ब्राहमण, क्षेत्री, ठकुरी, सन्यासी, दशनामी हो भन्छन् तर त्यो परिभाषा नै गलत हो । यस्तै परिभाषालाई मूर्तरुप दिनका लागि यी तीन कलष्टरको कुरा आएको हो । तीनटा कलष्टर हुँदै होइन, कसै कसैले आफ्नो व्यक्तिगत जातीय, वर्गीय स्वार्थलाई परिपूर्ती गर्नका लागि ल्याइएको जालझेल हो ।
(जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया