Khadya Bibhag

दूधको गाडीमा भएको तोडफोडको क्षतिपूर्ती माग

काठमाडौँ फागुन १६–नेपाल डेरी एशोसिएशनले दूधको गाडीलाई तोडफोड गरी क्षतिपुर्याएवापत क्षतिपूर्तीको माग गरेको छ ।
एशोसिएशनका महासचिव प्रल्हाद दाहालले सोमवार एक विज्ञप्ति जारी बन्दकर्ताले आज विहान काठमाडौँमा दूध बाकेको गाडीमा तोडफोड गरेको छ । तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्द कर्ता राजनीतिक दललाई एशोसिएसनले माग गरेको छ ।

दुग्ध क्षेत्र अति अतिआवश्यक वस्तुको सूचीमा रहेको र विगतको बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकटोक निर्वाद रुपमा सञ्चालन भइरहेको थियो तर यसपटक बन्दकर्ताहरुले दूधको गाडी तोडफोड गरेको एशोसिएशनले जनाएको छ ।
आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बन्दकर्ताले गाडी तोडफोड गरिएको एशोसिएशनले जनाएको छ ।

दूध तथा दुग्ध पदार्थ ढुवानीमा सहजताका लागि बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनेर राष्ट्रिय दुग्ध विकास बोर्डको नेतृत्वमा प्रतीक चिन्ह (लोगो) वितरण भएको अवस्थामा पनि यसरी तोडफोड हुनु राजनीतिक दलका लागि पनि शोभनीय नभएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया