Khadya Bibhag

माओवादी बैठकमा उठ्ने भयो रामवृक्ष यादवको सालिक हटाउने मुद्दा

काठमाडौं फागुन २० गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सुरु भएको छ । सो बैठकका लागि छवटा एजेण्डा तय गरेको छ । रिर्पोटिङ, संगठन विस्तार, स्थानीय तहको चुनाव, कार्यविभाजनलगायतका एजेण्डा रहेको छ ।

सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीको बारेमा स्पष्ट पार्नुहुनेछ । त्यसपछि केन्द्रीय समिति विस्तार, तथा कार्यविभाजनको छलफल हुने बताइएको छ । त्यसैगरि केन्द्रीय समितिको बैठकमा रामवृक्ष यादवको सालिक हटाएको बारेमा पनि छलफल हुने बताइएको छ ।

गिरीराजमणी पोखरेल शिक्षा मन्त्री भएको बेला रामवृक्ष यादवको सालिक हटाइएको थियो । त्यसले गर्दा पार्टीमा तीब्र विरोध भएको थियो । खास गरी पार्टीमा मातृका यादव पक्षका नेता तथा कार्यकर्ताहरुले त्यसको खुलेर विरोध गरेका थिए । पार्टीको महाधिवेशनमा पनि यो विषयले प्रवेश पाएको थियो । तर त्यहाँबाट कुनै निष्कर्ष ननिस्केपछि विवाद सुरु भएको थियो । अहिले त्यही विषय पुन उठ्ने भएको छ । मातृका यादव पक्षका नेताहरुले बैठकमा रामवृक्षको मुद्दालाई विशेष रुपमा उठाउने भएको छ ।

तपाईको प्रतिक्रिया