नेपाली राजनीतिको एउटा शक्ति केन्द्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी निवास पनि हो । त्यो निवास खुमलटारमा पर्छ । त्यहाँ दिनहुँ विभिन्न खालका मान्छेहरुको ओहोर दोहोर भइरहेका हुन्छन् । सायद अरु पार्टीका अध्यक्षहरुको निवासमा यो खालको ओहोर दोहोर सायद हुँदैन होला । कहिले पार्टी प्रवेश त कहिले पुस्तक विमोचन त कहिले शुभकामना अदान प्रदान भइरहेका हुन्छन् । त्यो भन्दा पनि विभिन्न देशी तथा विदेशी एजेन्सीको पनि ओहोर दोहोर बाक्लै हुन्छन् ।
बरु अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले भेट्न गाह्रो छ तर अरु क्षेत्रका जो कोही जुनबेला पनि भेट्न पाउँछन् भनि पार्टीभित्रै यी टिप्पणीहरु सुन्न पाइन्छ । पार्टीको बैठकमा पनि यो विषय उठ्ने गरेको छ । कतिपय अवस्थामा पार्टीका नेताहरु प्रचण्डलाई भेट्न खुमलटार गएका हुन्छन् तर उहाँले भेट नदिएपछि मुरमुराउँदै नेताहरु फर्केका हुन्छन् । तर अन्य देशी विदेशीहरु सँगको भेटघाट उहाँको बाक्लै हुन्छ । माओवादी केन्द्र निकट प्रेस सेन्टरका एकजना पत्रकारले भन्नुभयो, ‘हामी आफूलाई माओवादी निकट भन्छौं तर हामीसँग पार्टीका अध्यक्ष प्रचण्ड नै भेट्न मान्नुहुन्न, हामीले पार्टीलाई सहयोग पुग्ने, विचारलाई मद्दत पुग्ने गरी मिडिया सञ्चालन गरिरहेका छौं तर हामीलाई भेट्नु हुन्न, त्यही अरु मिडियाका पत्रकारहरु आउनुभयो भने बेडरुमसम्म उहाँहरु छिर्नुहुन्छ ।’
यस्तो गुनासो माओवादी पार्टीको हरेक क्षेत्रमा छन् । माओवादी केन्द्रका अध्यक्ष आफ्नोमाथि विश्वास नगरेर अरुमाथि विश्वास गरेको कारण कुटनीतिकमा फेल हुनुभएको पार्टीका नेताहरुको गुनासो छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यो बीचमा एमसीसीको विषयमा थुप्रै छलफल गर्नुभयो । धेरै बैठकहरु गर्नुभयो, देशी विदेशहरुलाई भेट्नुभयो तर त्यसमा पार्टीका नेताहरुको सहभागी हुँदैन्थ्यो ।
जो एमसीसी समर्थक हुनुहुन्छ, जो एमसीसी लागु हुनुपर्छ भनि ठूला ठूला भाषण गर्नुहुन्थ्यो त्यस्ता त्यस्ता व्यक्तिहरुसँग उहाँ भेट्नु हुन्थ्याmे त्यसको नतिजा यो भयो कि प्रचण्ड एमसीसीको विषयमा फस्नुभयो । एमसीसी पारित गराउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त हस्ताक्षर गरी अमेरिकालाई पठाउनु भएकै हो जुन पत्र सार्वजनिक भएपछि प्रचण्डको मात्र होइन सिगैं पार्टीको वेइज्जत भयो । हुँदाहुँदै ब्यख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने भनि गठबन्धनमा सहमति जनाउनु भयो । यसले खुमलटारमै एमसीसी समर्थकहरु छन् भनि कुराको पुष्टि भएको छ । यदि खुमलटारमा एमसीसी विरोधीहरु भएको भए प्रचण्डको यो हालत हुने भनि माओवादी नेताहरुको टिप्पणी रहेको छ ।
ब्यख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णयप्रति पार्टीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउनु भएको छ । उहाँले भन्नुभएको छ, अध्यक्ष प्रचण्डले गठबन्धनसँग ब्यख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने जुन सहमित गर्नु भएको छ त्यसमा मेरो सहमति छैन पार्टीको कार्यालय बैठकमा मैले त्यसप्रति असहमति जनाएको छु ।’ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाउनु भएको छ । पार्टीका अर्का नेता लिलामणी पोखरेलले पनि यसमा असहमति जनाउनु भएको छ । प्रचण्डलाई एमसीसीप्रति कसले सकारात्मक बनाए त्यसको खोजी पार्टीभित्र भइरहेको छ ।
सहारा टाइम्स पत्रिकाबाट


तपाईको प्रतिक्रिया