नेपाल–चीन बीच भएको नौ बुँदे सम्झौतालाई जलाइयो

धनुषा चैत १४ गते । नेपाल र चीन बीच भएको नौ बुँदा सम्झौतालाई राष्ट्रिय एकता अभियानका कार्यकर्ताहरुले चलाएका छन् । चीनसँग भएको ९ बुँदे सम्झौता धोका हो भन्दै त्यसको खारेजीको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरमा हिजो प्रदर्शन गर्दै कार्यकर्ताले त्यसलाई जलाएका छन् । चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नौ बुँदे सम्झौता भएको छ ।

राष्ट्रिय एकता अभियानका कार्यकर्ताले स्थानीय जनक चोकमा चीनसँगको सम्झौताबिरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद ढोका हो ।, बीआरई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’ लगायतका नारासहित अभियानका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीले चीनसँग भएको नौ बुँदे सम्झौतामा आगो लगाएर जलाएका छन् ।

अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधी बढाउन खोजेको आरोप लगाउनुभयो । यो सम्झौता नेपालसँगको धोका भन्नुहुँदै उहाँले त्यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया