Khadya Bibhag

जसपामा ब्युत्याईयो कम्युनिष्ट हेडक्वाटर

पार्टीको केन्द्रीय कमिटी वा कुनै कार्यकारिणी कमिटी ठूलो भएपछि हतारमा कुनै निर्णय गर्न हेडक्वार गठन गर्ने चलन पार्टीहरुमा छन् । पार्टीको पदाधिकारीमध्ये दुई चारजना राखेर हेडक्वाटर गर्ने गर्ने चलन छ र यो चलन खासगरि कम्युनिष्ट पार्टीमा धेरै देखिन्छ । प्राय कम्युनिष्टमा एउटा हेडक्वाटर हुन्छ नै । तर पछिल्लो समय त्यो चलन हराउँदै गएको छ । गैर कम्युनिष्ट दलमा पदाधिकारी, राजनीतिक समिति वा एउटा सचिवालय बनाएका हुन्छन् । त्यसबाट निर्णय प्रक्रियालाई अगाडि बढाएका हुन्छन् । कम्युनिष्ट पार्टीमा हेडक्वाटर निकै शक्तिशाली हुन्छ । हेडक्वाटरले दिने निर्देशन तथा सर्कुलरलाई सबैले स्विकार गर्नुपर्ने हुन्छ ।

तर आफूलाई कम्युनिष्ट नमान्ने जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राइले पार्टीभित्र एउटा हेडक्वाटर बनाउनु भएको छ । हेडक्वाटरमा तीन जना हुन्छ । उहाँ तीनैजनाको राजनीतिक पृष्ठभूमी कम्युनिष्ट रहेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव माआवादीबाट आउनु भएको छ भने अशोक राइ एमालेबाट आउनु भएको छ । पार्टीको कुनै पनि निर्णय सामूहिक रुपमा लिनका लागि यो हेडक्वाटर गठन गरिएको बताइएको छ ।

परिषद्का अध्यक्ष भट्टराई पक्षका नेताहरुले अध्यक्ष उपेन्द्र यादवले एकल ढंगबाट पार्टी सञ्चालन गर्नुभएको कारण पार्टी केन्द्रीय समितिको निर्णयबाट यो हेडक्वाटर गठन गरिएको हो । अब हेडक्वाटर गठन भएपछि उपेन्द्र यादवले एक्लै कुनै निर्णय गर्न सक्नु हुन्न । कुनैपनि निर्णयमा तीन जनाको सहमति अनिवार्य हुन्छ । तीनजना मध्ये एकजना कसैले अनुपस्थिति भए वा असहमति जनाई दिनुभयो भने त्यो निर्णयको मान्यता हुँदैन ।

कुनै निर्णयमा तीनैजनाको हस्ताक्षर भएर आएपछि त्यसलाई हेडक्वाटरको निर्णयसरह नै मानिने । तर अध्यक्ष यादव भन्नुभयो, ‘यो सधैका लागि नरहनसक्छ, विधान अधिवेशनपछि हुने महाधिवेशनबाट सबै कुरा टुङ्गो लाग्छ ।’ तर पार्टीका कतिपय नेताले हेडक्वाटर गठन गरेपछि उपेन्द्र यादवको अधिकार कटौती भएको छ ।

उहाँ पार्टीको कार्यकारी अध्यक्ष भएपनि एकल ढंगबाट पार्टी सञ्चालन गर्न सक्नुहुन्न, एकल ढंगबाट कुनै निर्णय गर्न सक्नुहुन्न, यो एकप्रकारको अधिकार कटौती जस्तो नै हो, जसपाका नेताले भन्नुभयो, ‘पार्टीको अन्तरिम विधानमा व्यवस्था भए अनुसार बाबुरामले एक अर्का कार्यकारी अध्यक्ष चयन गर्नुपर्ने कुरा पार्टीमा उठाउनु भएको थियो तर त्यसमा उपेन्द्र यादव सहमत हुनुभएन, त्यसका लागि धेरै क्षलफल भयो । अन्त्यमा गएर तीनजनाको एउटा हेडक्वाटर गठन गर्नेमा सहमति गर्नुभयो । जो जसपाका लागि निकै पावरफूल हुनेछ ।

तपाईको प्रतिक्रिया