भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे मात्र जनमतको टिकट पाउने

काठमाडौँ बैशाख ५ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि स्थानीय तहको चुनावका लागि टिकट वितरण सुरु गर्ने भएको छ । सो वितरणका लागि जनमतले एउटा सत राखेको छ, त्यो हो, उम्मेदवारले टिकट लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्छ ।’

पार्टीको पालिका समितिबाट सिफारिस भइ मनोनित भइसकेका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारलाई टिकट वितरण गरिने जनमत पार्टीका सचिवालयले जनाएको छ ।

टिकट लिन आउने उम्मेदवारले आफ्नो नागरिकता र मतदाता परिचय–पत्रको प्रतिलिपी साथमा लिएर आउन पार्टीले निर्देशन दिएको छ । त्यस्तै, टिकट लिनका लागि कुनै पनि शुल्क नलाग्ने पनि जनमतले स्पष्ट गरेको छ । त्यसका साथै उम्मेदवारले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्ने, तथा चुनावका लागि पार्टीले कुनै पनि खर्च नदिने भनि स्पष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया